Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
 

 

मेरो नमस्कार !!!

 सानै उमेर देखी कुन माध्यमबाट र कसरी नारी जागरण गर्ने भन्ने बारे चिन्ता लागिरहन्थ्यो । प्रगतिशील समयको मागनुसार बिधुंतिय तरंग र संचारले भौगोलिक दुरी खुम्चीरहेको परिपक्षमा नारी प्रधान अनलाईन चलाउने धोको केहि बर्ष सम्म मनमा पालिरहेको थिएं। केहि नारीहरुसंग सल्लाह पनि गरें तर सोंचे जस्तो उत्साह पाईन। त्यस पछि मेरा निकतम ब्यक्तिहरुलाई पनि मेरो चाहाना ब्यक्त गरे तर आशा गरे अनुरु हौशला र प्रेरणाको संकेत पाईन। त्यस्तै गरी अरु चिने जानेकाहरुलाई पनि आफ़्नो धारणा बताएँ झन सुनसरी बचन गुसरीनै भयो। कोहि कतैबाट सकरात्मक पक्षका कुराहरु नआउद नआउदै  र म आफ़ु यो अनलाईन संबन्धि अनबिज्ञ हुँदाहुँदै पनि मेरो तिब्र चाहना मर्न र सेलाउन सकेन । धेरै हन्डर खाँदै र केहि ब्यक्तिहरुबाट थगिदै ओमेन अफ़ नेपाल, ओमेन डायरी, ओमेन प्वाईन्ट हुदै नारी संजालमा थकानीने बिश्वस्त छु । 

म मरे पछि मात्रै सम्बेदना र श्रद्वाञ्जली दिनु भन्दा 
बरु मलाई जिउदै हुँदा थुप्रै गाली र आलोचना देउ !
म मरे पछि मात्रै मेरो गुण र ज्ञान गाउनु भन्दा
एकै पटक जिउनको लागी हौसला र प्रेरणा देउ !!

सर्बप्रथम मेरो नारी अनलाईन हेर्नु हुने सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुभएका आदरणिय महानुभावहरुलाई ह्दय देखी हार्दिक स्वागत तथा धेरै भन्दा धेरै धन्यबाद ! ! !

यो मेरो एक्लो र सानो प्रयाश हो। तर बृहत र सकरात्मक सोच रहेको छ । केहि गर्छु भन्ने भावनालाई निरुत्साहीत बनाउन चाहाने समाजमा उपेक्षित र उत्पिडीत तहबाट आफनै आत्मीक हौसला र प्रेरणाले हलचलको गति लिने जमेर्को गरेकी छु। यदि सचेत नागरीकको हैसियत सम्बन्धित सबैमा छ भने एउटी नारीले मात्रै सहयोग सुझाव र सल्लाहको अपेक्षा गरेकी छे ।

यो मेरो अनलाईन यहाँहरुको सोचाई भन्दा अली भिन्न रहने छ । नारी प्रधान अनलाईन भन्नाले सेक्सी देखीन र हेर्न ललाईत हुने जमातको लागी नभई तरकारीमा नुन र डाडूको भुमिकालाई कदर गर्न कंजुसाई गर्ने समाजमा नारीको चेतना मुलक रहने छ । साथै समाजमा बिध्यमान बिकृती र बिसंगतीको आवाज मुख हुने छ । समयले २१ औं सताब्दीमा फडको मारी सक्दा पनि बिषेस गरी हाम्रो नेपाली संस्कारले लैंगिक असमान्ताबाट छुटकारा पाउन सकेको छैन भन्दा नै हुन्छ । आधाआकाश ओगटेका र फरक लिंग भएको प्राणी नारी हो । नारी चाहे चन्द्रमा होस, चाहे सुर्य देबी भएर जन्मोस जन्मसिद्धै अध्यारो ग्रहन लागेर जन्मेको हुन्छ र त्यहि ग्रहनको गर्ब भित्रै सिंगो जीबन आहुती दिएर समापन हुने क्रम अझै चलिरहेको छ ।

रामायणको पालामा रामको कडा परिक्षणकै क्रममा सत्यवती सीताले आफ्नो जीबन अन्त्य गरेकी थिईन । यति सम्म की रामले आफनी पत्नी सत्यवती थिईन भन्ने महसुस समेत गर्न पाएनन् । त्यहि रामायण लिलाको जिवन्त रुपनै आजको आधुनिकता रुपी जलप मात्रै हो जस्तो लाग्छ । उति खेरकी सीता जस्ती नारीले त धर पाईनन् भने आजका नारीको त झन कुरै छोडौ बिकराल हालत यथावतै छ । तसर्थ हामी नारीबाटनै अबिलम्ब चेतना ल्याउन जरुरी छ र परिवर्तनकारी रचनात्मक र सकरात्मक सोचको बिकास गरी सहि आवाजहरु उठाउनै पर्छ । साथै पुरुष बर्गले पनि नारीलाई हेरीने फरक चस्मा फुकाल्नु अनुरोध गर्दछु । सामाजिक कुरितीहरु अबिलम्ब अन्त्य हुनु जरुरी छ ।

 प्रशंग बदलौ म सानै उमेर देखी साहित्य प्रति रुची भएको मान्छे रहेछु भन्ने कुरा बल्ल अहिले अनुभब गर्नु थालेकी छु । दुई तिन कक्षा तिर नजानी नजानी खालीपानाहरुमा के के कोरीरहन्थे तर अरुलाई देखाउन लाज लाग्थ्यो । एक पात पनि नहुदै खुब कबिता लेख्ने भएकी भनेर खिस्सी गर्ने संस्कारबाट हुर्केको मेरो साहित्य जसरी तसरी आज सम्म जीवन्त दिने काम जारीनै छ । अरु सबै त हेक्का छैन । शिर्षक पनि के थियो बिर्सिसके छु ।

साना नदिनाला मिलेर ठूलो खोला
मसिना धागो जोडेर बलियो झोला
तर मान्छेको चोला के होला ?
जन्मे पछि मर्नै पर्ने किन होला ?

उति खेरको बालसृजना हो ।
 त्यहि बिकाशको रुपनै आज यो नारी प्रधान अनलाईन हो भन्न मन लागेकोछ । बिगतमा मेरा धेरै रचनाहरु मुडे सम्पादक मन्डलहरुको मुडको गर्बमा तुईन बाध्य भएको थियो । जस्को बावजुद पनि आज सम्मका मेरा श्रद्वेय शुभचिन्तकहरुको माया र सदभाबले यहां सम्म आई पुगेकी छु । मेरो यो कदमलाई बिशेष गरी सहयोग गर्नु हुने मेरा आफन्तहरु प्रति अत्यन्तै कृतज्ञ छु र ह्दय देखी धन्यबाद नदिई रहन सकेको छैन ।

 
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।