Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
एन आर एन जापानको चौथो अधिबेशन सम्पन्न
आज रोशन के.सीको नेतृत्वमा एन आर एन जापानको नयाँ कर्यसमिती गठन गरियो ।
शर्वप्रथम यो नारी अनलाईन हेरिरहनु भएका सम्पुर्ण श्रदय पाठक महनुभाबहरुमा हार्दिक स्वागत तथा धन्यबाद !!!
---------------------------------------------------------------------------------------------------
लन्डन, म्याग्दी बेनी बजार घर भै हाल करिब् एक बर्ष देखी फ्रेनवर्ग मा बस्दै आएका सन्तोष श्रेष्ठ मुटु सम्बन्धी रोगबाट अचानक बिरामी भै उपचार गराउने क्रममा २३ जुनका दिन फ्यामीली पार्क अस्पतालामा असामायिक निधन भएको छ ।
---------------------------------------------------------------------------------------------------
अन्तर्वार्ता
यहि जुलाई १८ मा एन आर एन जापानको चौथौ अधिबेशनले रोशन के.शीको नेतृत्वलाई चईन गरेको छ । हाल सम्म उपाध्यक्ष पद सहमालीरहनु भएका रोशनको काँधमा निरबिरोधकै रुपमा अध्यक्ष पद थपिएको छ । रोशन के.शी गुल्मी घर भई हाल जापानमा ब्यबसाय गरिरहनु भएको छ । जापानमा रहेका अन्य संघसंस्थाहरुमा पनि आवद्ध रहदै आउनु भएका रोशनले हामी आफ्नो देश छोड्नु पो बाध्यता हो, आफ्नो देशलाई मायाँ नगर्नु र बिर्सनु बाध्यता हैन भनेर भन्छन । त्यसैगरि देश र जनताको हितका लागि हामीले राजनितीनै गर्न पर्छ भन्ने छैन भन्ने रोशन के.शीसंग नारी सञ्जाल बिच भएको कुराकानी

हाँस्यब्यङ्ग्य
त्यो बाल्यकालमा आमाले गुन्द्रकुको झोल पकाएको दिन अनसन बसेको थिएं । त्यसैले आज भोली गुन्द्रुक देख्दा तितो अतित आलो बन्ने गर्छ । बिचरा ! आमा पुग्थ्यो भने त आफ्ना मुटुका टुक्राहरुलाई संधै आफ्नै छाती चुसाएर मातृत्व पोख्थिन होला । त्यहि नपुग्ने भएरनै गुन्द्रुकको झोल पकाउन बाध्य हुन्थिन होला । तर त्यो आमाको मर्म यो गुन्द्रुके छोरीलाई के थाहा ?

 
 
समसामयिक विचार
उचित पालन पोषणको अभाबमै नारी सञ्जालले यो पहिलो नयाँ मनाउँदै छे । नारी सञ्जाललाई जन्म दिने संबन्धमा करिब पाँच बर्षसम्म पाँच सय पटक सोच्नु परेको थियो । त्यसरीनै पाँच गुना जन्म दिन मुस्किल भएको थियो भने त्यतिनै गुना हुर्काउँन धौं धौं भएको छ ।

 
साहित्यकला
मेरो मनमा नानाथरीका अनावश्यक कुराहरुले लक्ष्मण रेखा नाघेछन क्यारे ! बनको बाघले खाओस कि नखाओस् मनको बाघले नचपाई निलेको हुन्छ र मानौं म बाघको भुंडीभित्रै एकैडल्लो परेको छु । अनि आफुलाई सम्हाल्दै निडर हुने प्रयासमा सिरकभित्रै सकेजति गुटीमुटी पर्छुसास निसासिन्छ र सिरक खोलेर कान ठाडो पारेर बाहिरको चाल सुन्ने आँट गर्छु । यद्यपि शिरदेखि पाउसम्म सिरिङग भएर आउँछ । शंका उपशंकाहरुले मन झन भयभित भएर अतालिरहेको हुन्छ । झन भन्दा झन गोरीको आपत्तिजनक भुकाईले सिरक भित्रबाट टाउको निकाल्न त डर लागि रहेको थियो, ढोका खोलेर हेर्न झन साहसै आएको थिएन ।

Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जसले कोहि स्त्रीलाई खराब ईच्छाले हेर्छ, त्यसले  अघिबाटै त्यसको ह्र्दयमा ब्यभिचार गरिसकेको हुन्छ ।                                                                                   वाईवल                                                                                                                                                                    
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।