Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
आखीर नारी को हुन ?
नारी सञ्जाल
 

हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

भोगदै आईरहेको साँचो कुरा ओकलने नै हो भने २१ औं सताब्दीमा पनि जिउदो पुरुषको खुसीमा निउदो नारी जिउदै सती जाने पर्थाले बिकराल रुप लिईसकेको छ । अब पनि नारी नजाक्ने हो भने, आदिमकालको सती जाने पर्था भन्दा अझ भयाबह नहोला भन्न सकिन्न । खासगरी नेपाली समाजका अधिकांश नारीहरु कुवाको भ्यागुटा झै गृहस्थी जीवन बिताउन बाध्य छन । त्यहि समाजका केहि सचेत नारीहरु समाजको लागि हामी पनि केहि गर्नु पर्छ भन्ने भावनाले बोल्यो भने "बोल्यो कि पोल्यो" भन्या झै कौनाको गृहस्थी जीवनबाट पनि हात धुनु परेको उधाहरणहरु धेरै छन ।

तितो सत्य पक्कै अपच्य हुन्छ तर चुहलोमा अउल्टो नठोसे सम्म आगो बल्दैन भन्ने उखानलाई आत्मासाथ गर्दै खाट्टी कुरा बक्नु पर्दा आफ्नै श्रीमान नारीको लागि अघोषित सत्रु हो र अघोषित बिरोधि पनि हो । तर खुलेर बिरोध गर्न कसैले सकेका छैनन् । तिनै आफ्नै गल्ति स्वीकार्न नचाहाने स्वाभिमानी अर्थात मनोरोगीहरुको बिरुद्धमा उभिने र सभ्य समाजको निकास खोज्ने नारीहरुको उल्टै घर परिवार भाँडिएको छ । समाजबाट उपेक्षित जीवन बिताउनु परेको छ । जस्को मतलब सबै पुरुषलाई एउटै तराजुमा राखेर जोख्न खोजेको भने हैन र पुरुषको चर्को बिरोधमा कुर्लेको झन हुँदै हैन । समाजिक बिकृति र बिखन्डनका कुरा हो अनि एक पटक सबैले छातीमा हात राखेर सोच्नु पर्ने गम्भिर चिन्तनको बिषय पनि हो । त्यसैले "बुझ्नेलाई श्रीखान्ड, नबुझ्नेलाई खुर्पाको बिंड" .....

नेपालको भु-भागकै आधारमा भन्नु पर्दा आधा भन्दा धेरै भाग नारीले ओगटेको छ । तर हरेक क्षेत्रमा नारी सहभागीता र सक्रियतामा कम हुनु र नारी ओझेल पर्नको मुख्य कारण के हो ? किन सिंगो समाज मौन छ ? तिनै आमाको दश महिना कोखीमा बसेर जन्मेका र दशधारा दुध चुसेर हुर्केका महापुरुषहरु कहाँ गए ? कहिले सम्म तमसा हेरेर बस्ने ? घैटाँमा घाम कहिले लाग्ने ? किन यस तर्फ़ कसैको ध्यान जान सकेको छैन ? अब पनि सबै निदाउने हो भने निकै सोचनिय बिषय बन्दै गईरहेको छ ।

नारीको सत्रु नारीनै हो, नारी माथी दमन र शोषण नारीले नै गरेको छ, भन्ने कुरा सुन्नमा नआएका हैनन् । तर सबै दोष अरु माथी खन्याएर आफु जिम्मेवारबाट पन्छिने चाल हो भने भन्नु केहि छैन । कि समाजिक संलग्नतानै छैन भन्न सक्नु पर्‍यो, हैन भने नर र नारी दुई आँखाका दुई नानी भएर सत्यतथ्य देख्नु पर्‍यो, दुई हातको जोसिलो ताली स्वीकार्न पर्‍यो अनि जति अहंम र घमन्ड गरे पनि एउटा रथको दुई पांग्रा हौं भन्ने कसैले बिर्सनु पनि भएन । सबैमा चेतना भया.......................

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
आखीर नारी को हुन ?
नारी दोश्रो दर्जाको प्राणी हैनन्
मेरो आवाज पुरुषको बिरुद्धमा हैन
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।