अरुको सित्तैमा खान पाए अल्कत्र पनि खाने र तिन माना चुक पनि निल्ने नेपालीहरुको जमातमा त्यो सरकारको आँखामा छारो हाल्न गरिएको पार्टीको खानाले के पुग्थ्यो ? संधै एउटै अनुहारका नेपाली दुताबासको भोज खान पल्केका अल्कत्रे र तिनमाने चुकेहरुले पाएसी के बाँकी राख्थे, पहिलै मज्जाले हसुरेछन । नेपाली दुताबासको गुनासो मात्रै गर्ने ति नेपालीलाई झन खानानै पुगेन छ । अब त त्यो दुताबासको कर्यक्रममा मरिगए जान्न भनेर ति नेपाली कसम नै खाए ।
त्यस्तै गरि फेरी अर्को एक जना नेपाली दुताबास प्रति गुनासो गर्ने भेटीयो । संधै जापानबासी नेपालीहरु बिच के के नै गरेको छु की झै गरि जहाँ पनि र जहिले पनि नखाने चरा झै निकै चुरीफुरी गर्ने, सके सम्म अरुलाई बोल्नै नदिने र अरुको कुरा सुन्दै नसुन्ने तर आफ्नो पाङ न पुछरको कुरा कहिलै नसकिने बिशेषता भएकोले उनको उपनामै नखाने चरा भएको छ । ति नखाने चरालाई त दुताबासबाट निमन्त्रणा नै आएनछ । भएन फसाद........ ! सबैलाई निम्ता गर्ने मलाई चाई निम्ता नै नआउने ....! यो दुताबासको बिरुद्धमा भक्करै बकक्तब्य निकाल्छु ..... यो त सरासर पक्षबाद भयो । भनेर उफ़्रेर बसिखानु भएन । केहि ब्यक्तिहरुले थम्थम्यानै धौ धौ परेको थियो ।
यस्तो हाम्रो नेपाली दुताबासको चालचलन र जापानबासी नेपालीहरुको चालीमाली देखेर जाबो यो गुन्द्रुकेको पनि चित्तमा घामै लागेन । "आचि गर्नेलाई भन्दा देख्नेलाई लाज" भन्या जस्तै भो । मनमनै हाँसो पनि लाग्यो । अब पनि यस्तै चाला हो भने सरासर देश र राष्ट्र प्रति गैरजिम्मेवार भएनर भन्या ??? हैन.... आफ्नो देश प्रति चिन्तनशिल ब्यक्ति जन्मेकै छैनन् क्या हो ????
त्यसैले यो गुन्दु्रकेको अनुरोध छ । कृपया ! हामी प्रवाशी जहाँ छौँ, जसरी छौँ एक सेकेड मात्रै भए पनि आफ्नो देशको लागि सोचौँ .....