Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
पुनर्मिलन (कथा)
छक्कु उदासी
 

 

सँधैको भन्दा त्यो दिन सबेरै निन्द्राले छोडेको थियो । कुन्नि किन हो ? मनमा बेग्लै किसिमको उमंग छाएको हुन्छ । संधैको भन्दा बेग्लै भाकामा घरको धुरी माथी एकनासले काग कर्राई रहेको थियो । मौसम निकै सफा भएको उपलक्षमा कागले खुसीयाली मनाएको होला भन्ने अन्दाज गरेकी हुन्छु । अस्तीदेखि मौसम गडबडी कारण रातभरि मनसुनी मच्चिईरहेको थियो । झुमझुम झरी परेको रातमा मिठो निन्द्रारामा डुबुल्की मार्न छुट्टै किसिमको आनन्द लाग्छ । त्यस्तै झरी गरेको दिन पनि त्यतिनै मन पर्छ । मन्द बिहानको चिसो हावाले छिस्किनी (चुकुल) लगाउन बिर्सेको हुन्छु । झ्याल खोलेर कसैको शुभ समाचार बोकेर मेरो अस्त ब्यस्त कोठामा प्रबेश गरेजस्तो लाग्यो । तर पातलो लुगाले धान्न नसकेर होला जाडोको महशुस भयो । हतार हतार लुगा मिलाउँदै झ्यालको चुकुल लगाउने सुर के गर्दै थिएँ, अनायसै मेरो दृष्टि झ्याल बाहिर पोखिन पुग्छ । सुरुमा त बाहिरको दृश्य थम्याउनै सकेकी हुँदैन । बिहानको झिसमिसे अध्याँरो त्यसमाथि गहिरो निन्द्राले ब्यूँझेको आँखा मिचमाच पारेर ठहर्‍याउने प्रयास गर्छु तर जस्ले मलाई एकाएक भ्रममा पारेजस्तो लाग्छ । त्यतिनै बेला झ्याल पुरै खोलेर राम्ररी नियाल्ने सामर्थ्य पनि थिईन र झ्याल बन्द गर्न झन यो मनले मान्दै मानेको थिएन । ऐना हेर्छ् जिङरिङ्ग परेको आफ़्नै कपाल देखेर झस्किन्छु । बाँया आँखामा चिप्रा रहेछ । कता कता लाज लागेको महशुस हुन्छ । फेरि एकचोटी राम्ररी आँखा मिच्दै नियाल्छु जस्लाई थम्याई सकेको हुन्छ । अझै पनि त्यो कल्पना नै नगरेको दृश्य प्रति यो मनले पत्याउन प्रर्‍यास गरेको हुदैंन । र पनि कता कता मनमा एक किसिमको सोच्दै नसोचेको तरंग र्छाईदिन्छ । जसको कारण जनतन जिउने गरेको दैनिकीमा एक्कासी हलचल ल्याउनूको साथै अतित तिर फर्किन बाध्य बनाई दिन्छ ।

जुन समयमा हामी स्कुले जीबनमा थियौ । कृष्णे उमेरले निकै कान्छो थियो । स्कुल एउटै भए पनि ऊ पांच तह जुनियर थियो । स्कुल जाँदा आऊदा बाटो एउटै पर्दथ्यो । हामी प्रायः संगै हुन्थ्यौ । उ सानो फुच्चे थियो । आक्कल झुक्कल आँखा जुध्ने गर्दथ्यो । उ लाजले भुटुक्कै हुने बानी कता कता मलाई मन पर्थ्यो अतिनै प्यारो लाग्थ्यो । उसको वास्तविक नाम कृष्ण हो तर मैले गाली गरे पनि, माया गरे पनि अथवा जिस्काउँदा काले भन्ने गर्थे । चढ्दो जवानीले भरखर बोली परिवर्तन हुनका लागि धोत्रे स्वर, जुँगा आई नसकेको, तर हेर्दा झट्टै देखिने जुँगाको रेखी भने बसिसकेको, चुसे पनि रगतै आउला जस्तो रातो र कलिलो ओठ, फरफर फर्किदै गरेको हृष्टपुस्ट जिउडाल गहुँगोरो वर्ण त्यही अनुरुप उसको शिलस्वभाव पनि सबैले प्रशंसा गर्न लायकको थियो ।

एक दिनको कुरा हो, संयोगगवस स्कुलबाट र्फकदा ऊ र म मात्रै थियौं । बाटोमाथि लटरम्मै अमला फलेको थियो । हेर त काले अमला ! अं त नी है पूजा दिदीलाई अमला निकै मन पर्छ क्यारे म टिपेर ल्याईदिन्छु भनेर उ रुखमा चढ्दै थियो । मलाई पनि के जंग चल्यो कुन्नि म अमलाको रुखमा चढ्न मात्रै के थालेकी थिए । मैले टेकेको हाँगाको डाली अचानक भाँचियो । एक्कासी ठुलो ढूङ्गामा नराम्रोसंग बज्रिन पुगेछु । टाउकोमा गहिरो चोट लागेको कारण बेहोश भएछु । होस खुल्दा त नाकै फुट्ला जस्तो अस्पतालको नमिठो गन्ध, चकमन्न बातावरणलाई छिचोल्दै गरेको सुकसुक आवाज, न्यानो माया र साहनुभूति मिश्रति पुरुषको हातले मेरो निधारमा सुमसुम्याई रहेको र अस्पतालको बेड्मा स्लाईन पानी लिईरहेको अवस्थामा आफुलाई पाउँछु । मलाई सुमसुम्याउँदै सुकसुकाउने उही काले थियो । सपनामा छु की बिपनामा ? जस्तो अनूभुति भयो । मेरो होश खुलेपछि ऊ शौचालय गएको बेलामा नर्सले रगत धेरै बगेको रहेछ, त्यो भाईको रगत मिल्दो रहेछ । भाईलाई रगत मागेर तपाईको रगत पुर्ति गरिदिएकी छु । नत्र बाँच्ने सम्भावना कम थियो । तर भाईले नभन्नु भन्नु भएको थियो । हाम्रो अस्पतालको नियमअनुसार भन्नै पर्छ, यति भन्दै नर्स अर्को बिरामी भएको वार्डतिर लागिन् । काले शौचालयबाट आएपछि खुशी हुँदै पूजा दिदी ! कस्तो छ अहिले ? भनेर सोधिरहेको हुन्छ । ऊ पनि निकै रोएछ क्यारे आँखा राता राता पारेर सुन्निईरहेको थियो । तर मैले भने उप्रति आक्रोशमिश्रति भाषामा आपत्तिपुर्ण प्रतिक्रिया जनाउछु, किन मलाई यसरी ऋण लगाईस ? आखिर यो सब किन ? तर ऊ मौन थियो । दिदी यो मेरो कर्तब्य हो । अन्यथा नसोचिदिनुस् । बाँकी कुरा पछि गरौंला । अहिले तपाईलाई आरामको आवश्यकता छ । बाबा आमालाई खबर गरिदिएको छु अब केहि समयपछि आईपुग्नु हन्छ, पिर गर्नु पर्दैन, भन्दै एक हातको इशाराले टाटा र अर्को हातले आँसु पुछदै बिदा लिएको दृष्य मेरो मानसपटलबाट अझै ओझेल परेको छैन ।

के गर्ने ? छोरी भएर जन्मेपछि सामाजिक संस्कार अनुसार चल्नु पर्ने । अझै पढ्ने धोको हुँदा हुँदै पनि बिबाह बन्धनमा बाँधिन बाध्य भएकी म एक नारी थिएँ । अस्ति भरखर जस्तो लाग्छ मेरो बिहेमा उसको उपस्थितिले अहम भूमिका खेलेको थियो । मलाई डोलीमा चढाउँदा पूजा दिदी तपाई किन रुनु भएको दूःख पर्‍यो भने म छँदै छु नि किन पिर गरेको ? भन्दै सान्त्वना दिएको थियो ।

समयले धेरै फन्को मारिसकेको छ र त्यसैमा पनि शताब्दीले नै कोल्टो फेरेको छ । आज कहाँको मान्छे कहाँ पुगिसके । बनपाखामा घाँसदाउरा गर्ने, गाईबस्तु चराउने, हलो कूटोकोदालो गर्ने र गाँउघर ब्यूँझाउने जन्मभूमिका उर्वर युवाशक्तिहरु एकपछि अर्को गर्दै आ-आफ़्नो सक्षमताअनुसार बिदेशतिर हानिने र भौंतारिने क्रममा काले पनि परिबर्तनशील समयको हुरीमा बढारिन बाध्य भएर होला, सुन्थे ऊ पनि बिहे गरेर बिदेश तिर लाग्यो रे । मलाई थाहा थियो उस्ले मलाई चाहान्छ, मनपराउछ तर उमेर हदकै कारण मनको कुरा मनमै लुकाउन बाध्य थियो । बिचरा उसले कहिले काँही अनजानमा केही कुराहरु फुस्काउथ्यो तर मैले बुझ पचाउने अभिनय गर्दै प्रसंग बदलेर निरुत्साहित बनाउने गर्थे ।

हाम्रो समाजले उसको र मेरो उमेर पचाउन लायक र स्बीकारयोग्य थिएन । उ निकै कान्छो थियो । त्यसैले म उप्रति टाढिन चाहान्थे र टाढिए पनि । अचानक ऊस्को आगमनले एकमनले त करिब बिर्सिसकेको अतित बोकेर खाता बसिसकेको घाउ कोट्याउन किन र कहाँबाट बटुवाको भेषमा आयो होला भनेर मनमनै गाली गर्छु, अर्को मनले जा एकछिन भए पनि अंकमाल गर भनेको हुन्छ । तर कसैले देख्लान् कि भन्ने डर पनि लाग्छ । फेरि मेरो यो हालत देखेर उसको मन खिन्न हुने पो हो की ? सुट्केश, ह्याण्ड ब्याग, बिसाएर ऊ भने भित्रबाट कोही निस्कन्छ्न की भनेर आगनको दिलैमा प्रतिक्षा गरिरहेको थियो । बिहानीपखको कलिलो घामले उसको लवाई खवाईलाई निकै तारिफ गरेको आभाष मिल्दथ्यो । क्रिम कलरको कमिज, खैरो कालो अलि अलि बेली भएको सुरुवाल र कालो छालाको जुत्तामा काले निकै खुलेको थियो । लाग्छ बल्ल उसमा लक्का जवान बलेछ । पुर्ण परिपक्वता चढेछ । तर आफु भने उसको दाँजोमा जोश, जाँगर र उमंगरहित ओईलेर र्झन थालेको फूलसरह जिर्ण ढुकढकी मात्रै बाँकी रहेको छ । पूजा दिदी ! भित्र कोही हुनुहुन्छ ? म हो क्या काले कृष्णे ... पूजा दिदी सञ्चै हुनुहुन्छ ? चिरपरिचित तर धेरै समयसम्म नसुनेको स्वरले नराम्रोसंग झस्किन्छु, के के अनाश्यक कुराहरुमा बहकिन पुगेको रहेछु । घामको झुल्का त्यही झयालबाट भित्र पसेर मलाई नै चियाईरहेको पत्तै पाएनछु । किन किन अनायासै एकाएक मुटुले तिब्र गति लिईरहेको हुन्छ । ढोका खोलुकी नखोलु दोधार भएकी हुन्छु । खुम्चिएको गुन्यु मिलाउँदै ठूलो साहसका साथ ढोका खोल्छु । उसले पाउदेखि शिरसम्म नियालिरहेको महसुस गर्छु । उ केही बोल्न सकिरहेको हुदैंन । कहाँबाट यसरी एकाबिहानै आईस ? यत्रा बर्षसम्म कहा थिईस तँ ? अनि कसरी मलाई सम्झिस ? म यहाँ छु भनेर कसरी थाहा पाईस् ? हाल के गर्दैछस ? यहाँ के कामले आईस ? उसले केही बोल्न नपाउदै एकैचोटी धेरै प्रश्नहरु थुपारिछु । मेरो सबै प्रश्नको उत्तर खिस्स हाँसेर तारेजस्तो लाग्यो । गम्भिर मुद्रामा भित्रैदेखि निस्केको उसको नशालु हाँसोले मलाई झन सशंकित पारेको हुन्छ । भन् न काले केही त बोल ? आफ़्नो दुई हात पाईन्टको खल्तीमा घुसार्दै दिदी मलाई बास दिनुहोस न ! भनेर दबिएको स्वरमा ऊ मुख खोल्छ । उसको अनुरोधलाई ठट्टामा उडाऊदैं धत् ...काले बेलुकी आउने पाहुनालाई पो बास दिन्छन् यस्तो एकाबिहानै आउने पाहुनालाई बास दिने चलन छैन । फेरि घुमाउँरो पाराले दिदीको मनमन्दिरमा बास नदिए पनि उ...त्यो छाप्रो खालीरहेछ त्यसैमा भए पनि बास दिए आभारी हुने थिएं । भनेर उही ख्याल उही साँचो भावमा बिनम्रता चर्ढाईरहेको हुन्छ तर अझै मलाई पत्यार लाग्दैन । अनि तेरो घर जानलाई यता त पायक पर्दैन क्यारे ? भनेर फेरि अर्को प्रश्न त्यर्साउँछु । उ झन लाजले रातो हुँदै जुत्ताको चुच्चोले भुंइ कोट्याउन थाल्छ । पिंढीको डिलमा चकटी बिछ्याउँदै बस्ने आग्रह गरें । उसको हाउभाउ र अनुहारले केही भन्न र ब्यक्त गर्न खोजिरहेको आभाष पाईरहेकी हुन्छु । उसको ओठ थरथर्राईरहेको थियो भने ज्रि्रो लरबर्राईरहेको थियो । कुन्नि किन हो आँखा पनि राताराता पारिसकेको थियो । मेरो अन्दाजमा हुन सक्छ गाँठी कुरा खोल्नलाई ठूलो साहस बटुलेको । त्यसैले उसको असहजतालाई खुकुलो पार्दै भन काले तेरो लागि केही सहयोग गर्नु छ भने मबाट संभव भएसम्मका सहयोग गर्न तयार छु । हुन त तैंले लगाएको ऋण चुत्ता गर्न यो जन्ममा अर्समथ छु । तै पनि सकें भने अर्को जन्ममा तँ भन्दा २ बर्षकान्छी भएर जन्मी तेरो भनोभावनाकी रानी बनिदिउँला । के गर्ने यो जन्म यस्तै भो । सक्छस् भने मलाई माफी गर । पूजा दिदी म तपाईलाई माफी दिन आएको हैन सक्नुहन्छ भने दिदी मलाई स्वीकार गर्नुस् । हुन त म तपाईको लागि पक्कै स्वीकारयोग्य छैन र सरासर म आफ़्नो हैसियतबाट सिमा नाघेर मायाको भिख माग्दै छु । दिदी समयले भनुकी भाग्यले कहाँ कहाँ पुर्‍यायो । के के बनायो । खै भगवानको सहयोगबाट भनुकी चोखो मायाको डोरीले यहाँ सम्म मलाई फेरी दोर्‍याएर ल्याएको छ ।

अतित कै कुरा गर्नुपर्दा म नौ दश बर्षको थिएहँउला । किन हो कुन्नी तपाईलाई पहिलो चोटी देख्ने बितिक्कै मेरो बालमानसपटलमा एक किसिमको हलचल ल्याएको थियो । गर्दा गर्दा जहाँ तपाईको छत्रछाँया पाउँथे त्यहाँ मेरो लागि रमणीय र रमझम लाग्दथ्यो । त्यस्तै तपाईको अनुपस्थितिमा आफुलाई एक्लो र नरमाईलो महशुस हुन्थ्यो । तपाईको खुशी अनुहार देख्दा म पनि खुशी हुन्थे । दुखी हुँदा त्यतिनै दुःखी अनि एक दिन प्रत्यक्ष अप्रत्यक्ष नदेख्दा खल्लो लाग्दथ्यो । उमेरहदकै कारणले यो मनको कुरा प्रस्तुत गर्न सक्दैनथिएँ । अफ्सोच तपाई बिहे गरेर मेरो लागी नौडाँडा पारिनै जानुभयो । दैवले मेरो मुटुनै चुँडेर लगे जस्तो भयो । आफ़्नो अन्तरआत्माले चाहने, मनपराउने र माया गर्ने मान्छेलाई पर्राई ब्यक्तिले सिन्दुर हालेर च्यानाकुटीझयाई पारि लैजान लाग्दा कुनचाँहि होला र ढुँगाको मुटु हुने । एक मनले त्यही बिबाहमण्डपमा बिध्वंश मच्चाउदै रावणले सितालाई हरे जसरी मैले पनि हरौं कि जस्तो लागेको थियो । तर के गर्ने त्यसो गर्नु मानविय ब्यबहार भित्र नपर्ने भएकोले सो गर्नु पनि उचित थानिन । धैर्यताका साथ मेरो पूजा दिदीलाई दुःख नपरोस, रुन नपरोस बैबाहिक जीबन सफल होस् भनेर भगवानलाई हात जोडी उत्तरोत्तर प्रगतिको कामना गर्नु सिबाय मेरो लागि अरु केहि थिएन । पूजा दिदीको अभावमा स्वर्ग जस्तो लाग्ने प्यारो गाउँ पर्राई भुमी जस्तो लाग्न थाल्यो, आँखैमा राखे पनि नबिझाउने बस्तिका झुपडीहरु पनि मसानघाटमा परिणत भयो । रमणीय लाग्ने डाँडा पाखा, खोलानालाहरु पनि उजाड र मरुभूमि लाग्न थाल्यो । न्याउलीचरी र कोईलीको बिरही भाकाहरुले पनि मलाई नै गिज्याउन थालेजस्तो लाग्न थाल्यो । त्यसैले यो गाउँमा एकपल पनि टिक्न सकिन । कहिलै नफर्किने बाचा गरेर बिदेशतिर हानिन पुगें । पृथ्वीको जुन कुनामा पुगेर जसरी रहेपनि तपाईप्रतिको माया सद्भाब जिवितै रह्यो ।


त्यस्तै सामाजिक फन्दा भनुकी बाबाआमाको आज्ञा पालना गर्न भनौं,  इच्छाबिरुद्ध बिहे गर्न बाध्य भएको थिएँ । तर मेरो तनमन, मुटु, भोक, तिर्खा र निन्द्रा निर्मम तरिकाले कसैले लुट्नुकासाथै चोरेको थियो । अनि जसको बियोगमा म एकप्रकारले नराम्रोसंग घायल भएको थिएँ । ती नवदूलहीलाई आफ़्नो कमजोरी र कायरपना देखाएर मेरो पुरुषमा हुने स्वाभिमान गुमाउन चाहान्नथें । मुटु त एउटै हुन्छ । वास्तविक माया पनि एउटैलाई मात्रै गरिन्छ । त्यसैले उनलाई खुल्ला दिलले पुर्ण कोल्टाभरिको माया दिएर सन्तुष्ट पार्न सक्ने हिक्मत आएन । संयोगवस बिचरी उनी पनि बाबाआमाको करकापमा फसेकी रहिछन् । अरु कसैसंग संगैजिउने संगैमर्ने बाचा गरिसकेकी रहिछन । आखिर यो पापी समाज न हो कसैको प्रेमको ढोकामा तगारो बन्न रुचाऊछ, प्रेम को मुनामा सुनामी बन्न रमाऊछ र कवाफमा हड्डी बनेर हाँस्न चाहन्छ । त्यसैगरी उनको चोखो प्रेम पनि एककान दईकान मैदान हुँदै निर्दयी समाजले फूर्सदको बेला चपाउने चुईइगम र खाजासरह बनाई दिएका रहेछन् । बनमा ढिकुरको जोडी देखेपनि डाहले तालुमा धुवाँ पुत्ताउने इष्र्यालु समाजले झन उनीहरुको प्रेमजोडीलाई किन बाँकी राख्थे । फुटेको आँखाले पनि सहजरुपले हेर्न नचाहने पापी समाजको शिकार बनेकी रहिछन । एउटी अवाला नारीमाथि दया र सहानुभूति जागेर आयो । त्यसैले जुन बोटको बोक्रा त्यही बोटलाई जिम्मा लगाउनु नै धर्म सम्झेर सो काम सुनियोजति पुर्बक सफल पारें । अनि परदेशतिर लागेको पनि पत्तै नपाई एकदशक भईसकेछ । बाबा आमालाई पनि यतै बोलाएको छु भन्दै उसले आफुतर्फ़ कुराको बिट् मारेको थियो ।

के भन्दै छस् काले तैले यो सब् ? यो पापी समाजले के भन्ला ? यो सेतो पहिरनमा म एउटी नारीले सिंगो समाजलाई कसरी चुनौती दिनसकुँ ? पतिदेवसंग सतिजान त सकिन सकिन सतित्व जोगाएर बाँच्नु मेरो धर्म हो, कर्तब्य हो । त्यसैले म अब कसैसंग सम्बन्ध बढाउनेवाली छैन, भनेर इन्कार शब्दहरुले झटार्छु उ भने कान ठाडो पारेर सुनिरहेको हुन्छ । निष्कपट र निष्चल लाग्ने उस्को आँखाले मलाई एक तमासले हेरिरहेको हुन्छ । कति खेर त उमाथि रिस पनि उठ्छ । यद्यपि नारीकोमलताले फेरि अधिकार जमाईहाल्छ । अनि काले आखीर तँ मबाट के चाहन्छस् ? भनेर सोध्छु । उ निकै भाबुक भईरहेको थियो । पूजा दिदी तपाई किन मलाई बुझनृ चाहनुहुन्न ? कति धेरै आफ्नै जिद्धीमा अडिग भईरहनुहुन्छ ?  भन्दै थियो । केहि समय पछि मेरो सासुससुरा अनि कृष्णेको बाबु आमा, र हाम्रो बाबा आमाको उपस्थिति हुन्छ । म किंकर्तब्य मुद्रामा पालैपालो गरेर सबैको अनुहार नियाल्छु । अर्कोतिर उ हर्षितमुद्रामा मस्कुर्राई रहेको थियो । एकमुख गरेर मेरो सासु ससुराले भन्नु हुन्छ । बुहारी तिम्रो दुःख र मर्म हामीले राम्ररी बुझेका छौ । तिम्रो त्याग र तपस्या अनि महानताप्रति गर्ब नगरिरहन सक्दैनौ । तिम्रो गहकिला कुराहरु पनि तिम्रो ठाऊमा सहि छ र त्यतिनै सान्दर्भिक पनि तर बुहारी तिम्रोलागि यसैमा भलाई छ र हाम्रो छोराको मृतात्माले पनि शान्ति पाउनेछ । त्यसैले तिम्रो तर्फाबाट कृष्णबाबु पनि आजदेखि हाम्रो छोरा हुनेछन् भन्दै थिए । त्यसैमा कुरा थप्दै कृष्णको बाबुआमाले पनि नानी तिमीलाई चिन्न ढिला गरियो । सानै छँदादेखि कृष्णले तिम्रो गुणज्ञान गाईरहन्थ्यो । तिम्रै तारिफ गरिरहन्थ्यो । बिहे गर्नु परे पूजा दिदीसंग गर्छु नत्र अरुसंग म बिहे गर्दिन भनेर जिद्धी गरिरहन्थ्यो । तर हाम्रो बचन सुबेदारकी छोरीसंग गईसकेकोले उसलाई उल्टो गाली गर्ने सम्झाउने गर्नुकासाथै बिहे पनि गरिदियौं माफ गर नानी ! अरु सबै उबाटै सुनेहौली । आजकै मितिदेखि बुहारी र्साईनो लगाउँदा के फरक पर्ला र ? अर्कोतिर हाम्रो बाबाआमा पनि सबैको कुरामा सहमति जनाउँदै अनुहारभरि खुशीको किरण र्छाईरहेको थियो । त्यसैबेला कृष्णेले सुट्केस खोलेर लगनको गरगहना, सिंदुर, पोते र रातोसारी अनि रातै डोसल्ला फल्लाउदै थियो । वल्लाघर र पल्लाघरका पनि जम्मा भईसकेका थिए । त्यतिनै बेला खुशीको आँसु र हाँसो समिश्रण गर्दै पूनर्मिलन र पूनर्जीवनको भबिष्यतिर एक तमासले टोलाउन थालेकी हुन्छु । त्यहि मौका छोपी कालेले न्यानो र कसिलो अंगालोमा कैद गरिसकेको थियो । त्यहाँ उपस्थित सबैले हाम्रो पूनर्मिलनलाई सफलताको कामना गर्दै ताली बजिरह्यो तररररररररर

पुनश्य: यो कथा काल्पनिक हो । संजोक बस कसैको जीवनमा मिल्न गएमा माफ़ी चाहन्छु । 

 


 

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 1 )
कथा कल्पनिक भए पनि पूजा दिदिको ठाऊमा लेखिका लाई उभ्याएर पढेको साह्रै राम्रो लाग्यो फेरी फेरी यस्तै मिठो कथाहरु पढ्न पाउने आश म छु ।
- सोन आले , मनपाङ ४ तनहुँ गण्डकी नेपाल
थप शीर्षक
आँशु (कबिता)
गोरी (कथा)
औलाको बहश (कबिता)
गजल
फूल र पश्चताप
गजल
नारी एक रुप अनेक (कबिता)
गजल
जिउदो लाशको रहर
भो ...आमा नहेर दुरबिनबाट (कबिता)
ईश्वर जरुर छन सानु
नारीको शक्ती (कबिता)
बन्नु सीमा (गजल)
म मरेको बर्ष दिनमा पिन्न नदिनु
पुनर्मिलन (कथा)
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।