Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
´मलाई जनताको आशीर्वाद छ'
 

 

डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी

डा. बाबुराम भट्टराईलाई उहाँको पार्टी एकीकृत नेकपा -माओवादी) भित्रैबाट पनि धेरै ठूला आरोप लगाइए । उहाँ विवादमा पनि मुछिनुभयो । कसैले भारतपरस्त भने, कसैले भारतले अध्यक्ष प्रचण्डलाई होइन डा. बाबुरामलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्‍यो पनि भने । यी भनाइहरू एकपछि अर्को गर्दै सार्वजनिक भएपछि झस्किएर हो वा के हो अध्यक्ष प्रचण्डले माओवादीको सरकार बने आफ्नै नेतृत्वमा बन्ने पार्टी निर्णय नै गराउनुपर्‍यो ।

राष्ट्रियता, जनतन्त्र र आर्थिक सामाजिक रूपान्तरणका लागि निरन्तर लड्दै आएको दाबी गर्ने एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. भट्टराई आफूमाथि लागेको आरोप मिथ्या मात्र होइन आˆनो कुण्ठा लुकाउन पार्टी नेतृत्वबाटै अभिव्यक्त भएको भन्न पछि पर्नुभएन ।

'म जनताको मान्छे, संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको मान्छे । मलाई कसैको आशीर्वाद चाहिँदैन' डा. भट्टराईले आफूलाई नेपाली जनताको आशीर्वाद रहेको बताउनुभयो ।

पार्टीभित्र बहस र छलफल हुने गरेको र त्यसलाई नेतृत्वसँगको झगडाको रूपमा चित्रण गर्ने गरिएको दुःखेसो उहाँको छ । डा. भट्टराईलाई जेसुकै आरोप लगाइए पनि माओवादी नेतृत्वमा कुनै विवाद नरहेको उहाँको दाबी छ ।

राष्ट्रिय जनआन्दोलन संयोजन समितिका अध्यक्षसमेत रहनुभएका डा. भट्टराईले नागरिक सर्वोच्चता, राष्ट्रिय स्वाधिनता लगायतका माग पूरा नभए जनताको आँधि बेहरीले यथास्थितिवादीहरूलाई बढार्ने चेतावनी दिनुभएको छ । प्रस्तुत छ - माओवादीले माघ १० देखि गर्ने भनेको अनिश्चितकालीन आम हड्ताल, पार्टीभित्र देखिएको विवाद, डा. भट्टराईमाथि लाग्दै आएका आरोपलगायत विषयमा केन्दि्रत रही लिइएको अन्तर्वार्ता)


नेतृत्वसँग तपाईंको द्वन्द्व बढेकै हो ?

गलत कुरा हो, हाम्रो पार्टीमा कुनै विवाद छैन । आमूल परिवर्तनको 'एजेन्डा' बोकेर हामी अघि बढेका छौं । संविधानसभा, गणतन्त्र, राज्यको पुनःसंरचना जस्ता मुद्दा हामीले यहाँसम्म ल्याएका छौं । यस्तो पार्टी नेतृत्वको झगडामा फस्ने कुरै आउँदैन । कतिपय विषयमा पार्टीभित्र बहस, छलफल हुन्छन् । ती हिजो पनि थिए, आज पनि छन्, भोलि पनि हुन्छन् । त्यसैलाई लिएर पार्टीभित्र झगडा छ, विवाद छ भनेर प्रचार गरिनु गलत हो ।

तपाईंलाई पार्टीभित्रैबाट भारतपरस्त भन्ने आरोप लगाइयो नि ? के तपाईं साँच्चै भारतपरस्त हो उतैबाट प्रधानमन्त्रीको प्रस्ताव पनि आयो रे हो ?

यस्ता बेतुकका कुराको पछि म लाग्दिन तपाईं नै भन्नुस्- म एउटा नेपालको नागरिक, म ५५ वर्षको भएँ, मेरो । जीवन खुला छ । एउटा राजनीतिज्ञ मात्र नभएर पेसागत हिसाबमा पनि म एउटा दक्ष प्राविधिक हुँ । आˆनै खुट्टामा उभिनसक्ने मान्छे हुँ । पारिवारिक बनोट हेर्नु भो भने किसान परिवारको व्यक्ति पूर्णरूपमा आत्मनिर्भर छ । श्रीमती आत्मनिर्भर छन्, छोरी आत्मनिर्भर छन् । मैले पारिवारिक समस्या समाधान गर्न कसैको दलाली चाकरी गर्नुपर्दैन । फेरि देश र जनताप्रतिको मेरो प्रतिबद्धता के हो भने जसरी म दशवर्षे जनयुद्धमा होमिएँ, अहिले पनि नेपाली जनताका लागि नै आन्दोलनको नेतृत्व गरिरहेको छु । इतिहास नै एउटा साक्षी छ भने मलाई लाग्छ । केही मान्छेले आˆना कुण्ठा लुकाउन ईष्र्या, डाहावश अर्थात् अर्कालाई होच्याएर तुच्छ नियतवश प्रचार गर्छन् भने त्यसको खण्डन गरिरहनुपर्छ भन्ने लाग्दैन । इतिहासले आफैं यस्ता कुराको खण्डन गर्छ । खण्डन गर्दै आएको छ र भविष्यमा पनि गर्नेछ ।

भनेपछि तपाईंकै कुरामा विश्वास गर्ने हो भने तपाईंलाई कुनै विदेशी प्रभुले प्रधानमन्त्रीको प्रस्ताव गरेकै छैन ?

कसरी किन मलाई त्यस्तो प्रस्ताव आउने ? नेपाली जनताबाट संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चुनिएको मान्छे म, कसैको आशीर्वाद मलाई किन ? मलाई त नेपाली जनताको आशीर्वाद चाहिन्छ । जनताद्वारा चुनावमा तिरस्कृत मानिसहरू हारेका मानिसहरूले न विदेशीहरूको आशीर्वाद लिनुपर्छ । मैले पर्दैन । मलाई जनताको आशीर्वाद प्राप्त छ ।

तपाईं जस्तो एउटा वरिष्ठ नेतालाई कहिले फुटिङ्गवाङ्गमा कारबाही गरिन्छ, कहिले पार्टीभित्रबाट भारतपरस्त भन्ने गम्भीर आरोप लगाइन्छ ? तपाईंमाथि नै यस्तो किन हुन्छ ?

ग्लोवेलियन दुष्प्रचारको कुनै अर्थ छैन । झुटो कुरा सय चोटी भनेपछि साँचो जस्तो लाग्न सक्छ भनेर जुन गलत आरोप ममाथि लगाइरहेका छन् वास्तवमा मलाई नै अचम्म लाग्ने गरेको छ । मानिसहरूमा एउटा सामान्य नैतिकता पनि नभएर होला । अथवा ज्ञानको यति धेरै खडेरी परेर हो ।

तथ्य र सत्य एकापट्ट ित्यसको विपरीत दुष्प्रचार गरेको देख्दा त्यस्तो दुष्प्रचार गर्नेहरूको खण्डन गर्नु आवश्यक छ भन्ने ठान्दिन । मानिस आफूमाथि उक्लनुभन्दा पनि अर्कालाई तल ओराल्नमा आनन्द मानेर तुष्टि लिने कोशिस गर्छ । जहिले पनि षड्यन्त्रमा लिप्त हुने र जतासुकै षड्यन्त्रमात्रै देख्ने प्रवृत्ति यी सबै सामन्ती प्रवृत्तिका उपज हुन् भन्ने म ठान्छु ।

एकीकृत नेकपा माओवादीको राजनीतिक उद्देश्य के हो ?

हाम्रो पार्टीको राजनीतिक उद्देश्य भनेकै जनयुद्ध सुरु गर्नु अघि हामीले जुन ४० सूत्रीय माग प्रस्तुत गरेकै थियौँ, आधारभूतरूपमा त्यसमा नै हामीले हाम्रो उद्देश्य अभिव्यक्त गरेका छौँ । आज पनि त्यो सही छ । आर्थिक, सामाजिक उत्पीडनको अन्त्य हुनुपर्छ । राष्ट्रियताको सवालमा कसैको थिचोमिचो हुनुहुँदैन । जनतन्त्र, लोकतन्त्र, जनवादको प्रश्न पनि छ । जाति, जनजाति उत्पीडनमा छन् । यी सबै प्रकारका वर्गीय, जातीय, लैङ्गिक आदि उत्पीडनको अन्त्य गरेर देशमा सबै जनताले लोकतन्त्रको अनूभूति गर्न पाउनुपर्छ । देशमा छिटोभन्दा छिटो तीव्र आर्थिक विकास हुनुपर्छ । राष्ट्रियता, जनतन्त्र र आर्थिक सामाजिक रूपान्तरण यो नै नै हाम्रो मुख्य उद्देश्य हो ।

तपाईंले जति भन्नुभयो, यी चाहिँ माओवादीका भन्ने कुरामात्रै हुन्, जुन दिन तपाईंहरूको हातमा ताला चाबी पर्छ, त्यस दिन प्रेस स्वतन्त्रता र बहुलवाद जस्ता विषयहरू नियन्त्रित हुन्छन् भनिन्छ नि, के भन्नुहुन्छ ?

व्यवहारमा हामीले के गरेका छौँ, त्यो हेर्नुपर्‍यो । माओवादी पार्टी भनेकै नेपालमा सबैभन्दा सिद्धान्तनिष्ठ पार्टी हो भन्ने प्रभावित कुरा हो । भनेको कुरा पूरा गर्ने पार्टी हो, जसका आधारमा नेपाली जनताले संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी मत दिएर सबैभन्दा ठूलो पार्टी बनाए । त्यसैले यस्ता हल्लाहरूको खण्डन आवश्यक छैन । बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणाली, परिवर्तनसहितको सच्चा लोकतन्त्रप्रतिको हाम्रो प्रतिबद्धतामा शङ्का गर्नु आवश्यक छैन ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आˆना कुराहरूमा अडिन नसक्ने देखिनु हुन्छ । नेतृत्वमा देखिएको यो प्रवृत्तिले समस्या ल्याउँदैन ?

उहाँ एउटा सार्वजनिक व्यक्तित्व हो । उहाँबारे टीकाटिप्पणी गर्ने । सत्यतथ्य बुझ्ने जनताको अधिकार हो । म त्यता जान चाहन्न । उहाँको विषयमा उहाँबारे उहाँलाई नै सोध्दा उपयुक्त होला । आˆना बारेमा मात्र म जिम्मेवार छु र भन्न सक्छु ।

संविधानसभामा बहुमत भएर पनि माओवादी एक्लो देखियो । सहमतिको राजनीतिलाई कसरी अघि बढाउनु हुन्छ ?

आमूल परिवर्तन र क्रान्तिकारी परिवर्तनको सँघारमा अग्रगामी शक्ति र पश्चगामी शक्तिहरूको बीचमा धु्रवीकरण हुन्छ । यतिबेला माओवादी र आन्दोलनले जुन अग्रगमनको धार समातेको छ, त्यसका विरुद्धमा सम्पूर्ण यथास्थितिवादीहरूको धु्रवीकरण हुनुलाई म अन्यथा ठान्दिन । तैपनि हामी अग्रगामी शक्ति भएको नाताले सकेसम्म धेरैभन्दा धेरै शक्तिलाई साथै लिएर जाने कोसिस गरिरहेकै छौँ । अहिलेको अवस्था भनेको क्षणिक हो । अग्रगामी शक्तिहरू यो देशमा हाबी हुनुपर्छ देश कुनै पनि हालतमा पश्चगमनतर्फ जान सक्दैन, यो निश्चित हो । यथास्थितिवादमा रुमल्लिरहन पनि सक्दैन ।

उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई राख्नु हुँदैन भनियो, फेरि तपाईंहरू नै उहाँलाई संयन्त्रमा राख्न तयार हुनुभयो, यस्तो किन ?

यो विषयमा अझै कुनै टुङ्गो भइसकेको छैन । कुराभन्दा पनि हल्ला गर्ने जुन प्रचलन छ यो त्यसको अभिव्यक्ति हो भन्ने लाग्छ । संयन्त्र बनाउने भन्ने सामान्य सहमति मात्रै अहिले भएको हो । यसको कार्यक्षेत्र के हो, को को यसमा रहने भन्ने अहिलेसम्म टुङ्गो भएकै छैन त्यो टुङ्गो नलागी यस्तो अनेक प्रकारको अड्कलबाजी किन गर्ने ?

यो संयन्त्रले मुलुकका सबै समस्याको समाधान गर्ला, के लाग्छ ?

यो त हेर्दै जाने कुरा हो । अहिले नै त्यसबारे केही भन्न सकिन्न ।

नेपाली जनताले यत्रो बलिदान गरेर मुुलुकमा गणतन्त्र आयो, तर जनता त निराश छन् नि ?

म जनता निराश छन् भन्ने मान्दिन । जनताका अपेक्षा धेरै हुनु एउटा कुरो हो तर यो देशमा उपलब्धि नै भएन भन्ने कुरा सही हुँदै होइन । सयौँ वर्षदेखिको सामन्ती राजतन्त्रको अन्त्य हुनु चानचुने कुरा होइन । यस्तो परिवर्तनका घटना मान्छेले जीवनमा हत्तपत्त भोग्न पाउँदैन । नेपाली इतिहासमा पहिलोचोटी संविधानसभाको निर्वाचन हुनु, समावेशी प्रतिनिधित्वको सभा गठन हुनु पनि सामान्य कुरो होइन । साथै एकात्मक राज्यको अन्त्य गरेर सङ्घीय ढाँचाको राज्य निर्माण हुनु पनि ठूलै उपलब्धि हो । यी महत्त्वपूर्ण उपलब्धिलाई बिर्सिएर केही भएकै छैन भन्ने प्रचारबाजी गरिनु राम्रो होइन । हामीले निराशावादी भएर होइन आशावादी भएर हिँड्न सिक्नुपर्छ । नेपाली जनता र राष्ट्रको भविष्य म उज्ज्वल देख्छु । हामीले हासिल गरेका उपलब्धिहरूको रक्षा गर्दै हामी अघि बढ्नुपर्छ ।

अब आन्दोलनका कुरा पनि गरौँ न । माघ १० गतेदेखि मुलुक अनिश्चितकालीन आम हड्तालमा प्रवेश गर्ने नै भयो ?

हाम्रो चाहना छिटोभन्दा छिटो हामीले उठाएका माग सम्बोधन होस् भन्ने हो । विशेष गरी राष्ट्रपतिले चालेका कदमले सिर्जना गरेको समस्या र राजनीतिक गत्यवरोधको अन्त्य होस्, नागरिक सर्वोच्चता बहाली होस्, शान्ति र संविधान निर्माणको प्रक्रिया सुनिश्चित बनोस्, राष्ट्रिय स्वाधीनताको जुन मुद्दा छ, त्यसबारे सकारात्मक पहल होस् र यी कुरालाई अघि बढाउन जनादेश अनुसारको राष्ट्रिय संयुक्त सरकारको गठन होस् । हामी यो वार्ता र सहमतिबाटै होस् भन्ने चाहिरहेका छौँ । त्यसो हुनसक्यो भने मात्रै आन्दोलनको आवश्यकता पर्दैन ।

अब दिन त धेरै बाँकी छैन नि, सहमतिको सम्भावना कत्तिको देख्नुहुन्छ ?

यसको निम्ति अहिले कुर्सीमा बस्नेहरू जिम्मेवार हुुनुपर्छ । देश, जनता र इतिहासप्रति जिम्मेवार नबनी कुर्सीको स्वार्थको निम्ति देशका र जनताका जल्दाबल्दा समस्या समाधान गर्न पहल गरिएन भने त्यसको दोष कुर्सीमा बस्नेहरूले नै लिनुपर्छ ।

आम हड्तालपछि के हुन्छ ?

हामीले त हाम्रा माग पूरा होस् भन्ने चाहेका हौँ । देशमा सैनिक सर्वोच्चता होइन नागरिक सर्वोच्चता बहाल होस् भन्ने चाहेका हौँ । यदि यो हुनसकेन भने जेठ १४ मा संविधानसभाको मिति सिद्धिएपछि सैनिक शासन थोपरिने गम्भीर खतरा छ । देशलाई यो प्रतिगमनबाट रोक्न पनि हामीले उठाएका माग पूरा हुनु आवश्यक छ । नेपाली जनता यसका निम्ति जस्तोसुकै बलिदानी दिन पनि तयार छन् । अहिलेका प्रतिगामी र यथास्थितिवादी चिन्तन राख्ने सबैलाई जनताले बढार्नेछन् र देशलाई पूर्णरूपले अग्रगमनतिर लैजानेछन् । अनि जनताले चाहेको लोकतन्त्र र गणतन्त्र स्थापित हुनेछ ।

यो परिस्थिति निर्माण हुनुमा तपाईं माओवादी पार्टीलाई चाहिँ दोषी देख्नुहुन्न ?

अग्रगमन र प्रतिगमनबीचको द्वन्द्वमा अग्रगमनकारीहरूको पनि केही व्यावहारिक कमीकमजोरी हुनसक्छ तर मुख्य एजेण्डा र देशको आवश्यकता भनेको अग्रगमन नै हो । त्यसैले अग्रगमनकारी पक्षका केही कमी कमजोरी रहेछन् भने पनि ती गौण हुन्छन् । तर प्रतिगमन र यथास्थितिवादीहरूको समग्र चिन्तन नै त्रुटिपूर्ण रहेकाले उनीहरूको कमजोरी र गल्ती नै प्रधान हो ।

सङ्घीयताका विरोधीहरूलाई चाहिँ तपाईं के भन्नुहुन्छ ?

फरक फरक कुराहरू गरेर राजनीतिक अस्तित्व टिकाउन चाहने पनि हुन्छन् उट्पट्याङ्ग कुरा गर्ने टाउकाले टेकेर हिँड्छु भन्ने नाकले खान्छु भन्नेलाई कसैले रोक्न त सक्तैन तर नेपालमा यो बेला सङ्घीयतामा जाने निर्णय भइसकेको छ । अन्तरिम संविधानमा समेत त्यो उल्लेख भइसकेको छ । संविधानसभाले सङ्घीय ढाँचामा जाने कुरा धेरै अघि बढाइसकेको छ । यो अवस्थामा देशलाई सङ्घीयतामा जानबाट रोक्न कुनै पनि तागतले सक्तैन । जसले रोक्ने प्रयत्न गर्छ त्यसलाई नेपाली जनताले पराजित गर्नेछन् । त्यसैले म सङ्घीयता विरोधी आवाजलाई त्यति महत्त्व दिन चाहन्न ।

सङ्घीयताको विरोध गर्नेहरूले मुलुक विखण्डनको खतरा औँल्याएका छन्, के त्यस्तो खतरा छ ?

यी बेतुकका कुरा हुन् । यस्तो कुरा गरेर राजनीतिक अस्तित्व कायम राख्न सकिन्छ भन्ने उनीहरूको दाउ हो । हामीले जातीयताको आधारमा होइन राष्ट्रियताको आधारमा सङ्घीयता निर्माण गर्ने कुरा गरेका छौँ । यो भनेको साझा भूगोल साझा अर्थतन्त्रको आधारमा राज्यको पुनःसंरचना गरिनुपर्छ भनेका छौँ । यो नै वैज्ञानिक आधार हो ।

यो सरकारको मूल्याङ्कन कसरी गर्नु हुन्छ ?

यो सरकारलाई हामीले सुरुदेखि नै 'बुख्याँचा' सरकार, कठपुतली सरकार भनेका छौँ । त्यसैले यो सरकारबारे थप टिप्पणी गर्नु म आवश्यक ठान्दिन ।

सरकारको मूल्याङ्कन नगरे पनि तपाईं पूर्व अर्थमन्त्री हुनुहुन्छ । नेपालको वर्तमान आर्थिक अवस्थाको चाहिँ मूल्याङ्कन गरिदिनु न, चिन्ताजनक छ भनिँदैछ ?<

हो, बिल्कुल हो । आर्थिक अवस्था धेरै जर्जर छ । दसवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलनको उद्देश्य नै आर्थिक, सामाजिक रूपान्तरण हो । त्यसैले छिटोभन्दा छिटो आर्थिक, सामाजिक विकास गर्नु जरुरी छ । यसका लागि राजनीतिक स्थायित्व दिलाएर अघि बढ्नुको विकल्प छैन ।

साभारः गोरखापत्र
तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
नेपाली आकासका प्रथम नारीहरु
´मलाई जनताको आशीर्वाद छ'
नारी सञ्जाललाई प्रतिक्रिया यहाँ
क्षमाप्राथी !
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।