नेपालको जनसंख्याकै आधारमा भन्नु पर्दा आधा भन्दा धेरै
नेपालको भु-भाग नारीले ओगटेको छ । तर हरेक क्षेत्रमा नारी सहभागीता र सक्रियतामा कम
हुनु र ओझल पर्नको मुख्य कारण के हो ? भन्ने बिषयलाई लिएर बहसकै रुपमा खासगरि पुरुषहरुकै
धारणा बुझ्न जरुरी छ । र केहि सचेत बर्गका सबै ब्यक्तिहरुलाई तल उल्लेखित प्रश्नहरु
पसारेको थिएं । जुन रोलक्रम अनुसार यो पटक बि.जे बान्तवाको पालो रहेकोछ
।
बि.जे बान्तवा नेपालको भोजपुर, ठूलोदुम्मा-९ मा आज भन्दा २६ औं
बशन्त अगाडी जन्मेका रहेछन् । बान्तवा भनाई अनुसार- हो, भाग्यले
नेपाल आमाको काखमा जन्मलिनुनै हामीले गर्व गर्नै पर्छ र बाध्यताले बिदेश आयौं,
आखिर जहाँ गए पनि, जहिले पनि र जसरी पनि हामी संघर्ष गर्नै पर्छ भनेर अधिक
रहेर कुरा गर्छन । साथै मानब जीवनमा हुनै पर्ने अति आबश्यकता गुण भनेकोनै
कर्तब्य निष्ठता हो भनेर ठोकुवा पनि दिन्छ्न
। त्यस्तैगरि पुर्खाले छोडेको नासो भोजपुरे सिरुपाते खुकुरीलाई
खिया लाग्नु दिनु हुदैन, अझ धारिलो बनाउने हाम्रो कर्तब्य हो भनेर संधै चिन्तनशील र
क्रियाशील युवाहरु मध्य बि.जे बान्तवा पनि एक हुन ।
बिदेशको कहाली लाग्दा समस्याहरुसंग पौंठेजोरी खेलेरै भए पनि होनहार युवा
पुस्ताका बान्तवा आफ्नो युवाशक्ती आफ्नै निजी स्वार्थका लागि मात्रै खर्चेका
छैनन्, मान्छे आमाको कोखबाट र्झन नपाउँदै सबै भन्दा पहिला च्याँ... च्याँ ...गर्छ
त्यो नै भाषा अर्थात मानविय ढुकढुकी हो र अर्को शब्दमा भन्नु पर्दा
साहित्य हो, तसर्थ त्यहि नेपाली भाषा र साहित्यलाई उजागर गर्न र संरक्षण अनि
संबर्दन गर्न साहित्य प्रेमीहरुको लागि साँझा चौतारीको रुपमा भोजपुरे
ब्लग संचालन गरेका छन । बान्तवा आफै पनि
यथार्थवादी साहित्यकार हुन। सरल भाषा र सलल बगेको भावमा अरुको मन सजिलै छुन
सक्ने ऊनको मुख्य बिशेषता हो ।
बान्तवा ठुलोदुम्मा भन्ने गाउँमा जन्मेर उनै पिखुवा, कावा अनि अखुवाको सुसेली
सँगै ट्याम्केको, मैयुँको ऐना, रानीबासे शितल हावा, दुम्माको मिठो मायाको बिच
आफुलाई सुटुक्कै हजारौ पल्ट अरुण तारे, तमोर नदी तारे, यसरी एउटा ग्रामिण जनजीबनको
मजधारमा आफु उम्रीएकोले होला आमाको दु:ख नजिकबाट बुझेका छन ।
ग्रामिण भेगका महिलाहरुको कहालीलाग्दा समस्याहरु प्रत्यक्षे देखेका
छन । त्यसैले उनी त्यहिं समस्यालाई
साहित्यमा पोखिरह्न्छन । आफ़्नै आमा अनि दिदीको मर्म लगाएत
सम्पुर्ण नारीको बेदनालाई साहित्यमा उन्न
रुचाऊछन । बान्तवा भन्छन, साहित्य एउटा समाजको ऐना हो र यसलाई
नियाल्न सक्यो भने त्यहाँ भित्र दर्द हुन्छन, त्यहाँ भित्र समस्या र समाधानका
उपायहरु पनि हुन्छन, त्यति मात्रै हैन भबिश्य वाणी पनि
हुन्छन भनेर आफ़नो भाषामा साहित्यलाई ब्यक्त गर्छन । हाम्रो सामजीक
बिसंगति र जीवनको भुत, बर्तमान र भबिश्यलाई चित्रण
गर्ने माध्यम नै शाहित्य भएकोले साहित्य मार्ग अपनाएको हो भन्ने
भनाई उनको रहेको छ ।
जस्ले जेसुकै भने पनि म मेरो आमाको पक्षमा बोल्न छोड्दिन र भोलि मेरो छोराछोरीले
मेरो पक्षमा नबोले पनि म गुनासो गर्दिन, भन्ने बान्तवा केहि भाबुक र
गम्भिर मुद्रामा... यदि जो कोहि पुरुषले म मर्दको छोरो हुँ भन्छ भने जन्म दिने आमा
लगायत सृष्टि धान्ने छोरी चेलीहरुलाई प्रेरित गर्ने पुरुषको जिम्मेवार
हो साथै सहि इज्जत, सम्मान र दर्जा पनि पुरुषबाट नै दिन सक्नु
पर्छ त्यसैले केहि थोर धेर हामी पुरुषनै परिवर्तन हुनु पर्छ भनेर भन्नु हुने
बि.जे. बान्तवालाई नारी सञ्जालले सोधिएका प्रश्नहरु
प्रति उनको प्रतिकृया यस्तो रहयो......
आधाआकाश नारी ओझेल
पर्नुको मुख्य कारण के हो ? ( अशिक्षा बाहेकका अरु विषयमा
केन्द्रित हुनुहोला ) ।
आधा आकाश
नारी ओजेल पर्नुको मुख्य कारण त नभनौ शिक्षा भन्दा बहिरिएर भन्नै पर्दा लैंगिक
भिन्नता अनि रुढीबादी धारणाहरु चाहीं अहिले सम्म हामीमाझ हाबी रहनुको कारण पनि
हो।
यहाँको बिचारमा अब बन्ने नयाँ संबिधान
नारीहरुको सवालमा कस्तो बनोस भन्न चाहानु हुन्छ ?
मेरो
बिचारमा अब बन्ने नयाँ संबिधानमा आधा पाटो नारी र नारी हक हित अधिकार नारी आफैले तय
गर्न सकुन बिना रोक तोक,
उनिहरुले आफ्नो सदनमा
उत्रन पाउन ।
नारी आवाजकै क्रममा पुरुषको बिरोध
सुन्नुपर्दा आफुलाई कस्तो अनुभब गर्नु भएकोछ
?
बिरोध
गर्ने भन्दा १०० कदम अगाडी छु जस्तो अनुभव गरेको छु, किनकी उनीहरुको दिमागमा अझै पनि आफ्नी आमा प्रति उनको अधिकार खोसि वा
खोजीदिनु पर्छ भन्ने त्यो उज्यालो भरिएको छैन, एउटी आमा भन्नु नै नारी हुन ।
अबका नर र
नारी कस्तो हुन जरुरी छ जस्तो लाग्छ ?
एउटा रथका
दुई पाङ्ग्रा हुनु पर्छ जुनै पनि कार्यमा, चाहे त्यो घरायसि किन नहोस वा कार्यलयकै किन नहोस दुबै पक्षमा समान हुनु
अति जरुरी छ।
यो २१ औं सताब्दीमा पनि नेपालको
काँजुली फ़ेर्न के पुरुषले मात्रै सम्भब होला त ?
यो
शताब्दीसम्म हाम्रो देशले काँचुली फेर्न पुरुषको हातमा मात्र सम्भव छैन र त्यो
जहिले पनि असम्भव नै हुन्छ,
र काँचुली फेर्न नै हो
भने पहिले नारीहरु जागरुक बनाईनु पर्छ, उनीहरुलाई शिक्षा जस्तो ज्योती बाट टाढा राखिनु हुन्न,तब हाम्रो देशले पनि काँचुली फेर्ने छ
।
कसैले नारीलाई हेरिने गरेको गिद्धे र पुरानो चस्मा फुकाल भनेर
भन्यो भने के भन्नुहन्छ नी ?
यदि कसै मैंले त्यो गल्ति गरेको देखेर भनेको हो भने जसलाई म
धन्यबाद दिनेछु,
अनि मेरो गल्तीको
प्रायश्चित गर्नेछु ।
आफ़ु सचेत नागरिकको
हैसियतले लैंगिक असमान्तालाई कसरी निवारण गर्न सकिन्छ जस्तो
लाग्छ ?
पहिलो कुरा
म सचेत नागरिक त नहुन सक्छु तपाईंले आदर गरी त्यो उपनाम झुण्ड्याई दिनुभएकोमा
धन्यबाद,
लैंगिक असमानता निबारण
गर्न पहिलो प्राथमिकता भनेको मेरो शिक्षा हो, शिक्षाले नै नष्ट गर्नेछ सबै यी बिभेदलाई, कुनै पनि नराम्रो कुराको पछि भनेको धेरै मात्रमा अशिक्षाको कारण अनि
बुर्जुक रुढीबादी अबधारणाको कारण नै पनि यसो हुन सक्छ । त्यसैले बिस्वमा वा हाम्रै
मुलुकका जति पनि शिक्षित बर्ग वा बुद्वीजिबी बर्ग हुनुहुन्छ उहाँहरुले चाहनु भयो
भने यो अबस्य निमिट्यान्नै हुने छ ।
नेपालमा अनिवार्य शिशुस्याहार शिक्षा लागु गर्नु पर्छ भन्ने
बारे यहाँको धारणा कस्तो छ ?
नेपालमा शिशु स्याहार को लागि प्रमुख
ग्राह्यता दिनै पर्छ। हाम्रो एशियन मुलुकमा अरु देशको हेराईमा नारी बर्गलाई केवल
शिशु स्याहारमा सिमित राख्नले नारीहरु एक त ईलम सीप भएपनि आफ्नो कलाकौसल देखाउन बाट
बञ्चित छन । दोस्रो कुरा बालक नै भबिस्यको कर्णधार बालकले आमाबुबा दुवैको स्याहार
अत्यन्त जरुरी छ,
ताकी त्यो बाल्य
मनस्थितिमा यस्तो छाप बसोसकी जुन आमाबुबाले समान रुपमा माया गरेका छन। ताकी आमाबुबा
समान छन,
मेरो बिचारमा शिशु
स्याहार शिक्षा खोलिनै पर्छ यो अत्यनत जरुरी छ।
सभ्य समाज निर्माण गर्न
नारी र पुरुषको बराबर जिम्मेवार हो भन्ने बारे यहाँलाई कस्तो लाग्छ
?
सभ्य समाज
निर्माणका लागी नारीको प्रमुख महत्व हुन्छ, किनकी कुनै पनि बच्चा आमाको कोख बाट जन्मिएर आमाले नै पहिलो शिक्षा दिएकी
हुन्छिन,त्यसैले मेरो धारणा र मान्यता यो होकी नारी
अगाडी हुनु पर्छ त्यसमा पुरुषले पुर्ण रुपमा समर्थन गर्दा नै एउटा सभ्य समाजको
निर्माण हुन्छ ।
अन्तमा यो नारी सञ्जाललाई कस्तो सहयोग र
सुझाब दिन चाहानु हुन्छ ?
अन्त्यमा म आफु केही हैन तर नारी सञ्जालले मेरो आफ्नो दुईशब्द आफ्नै
आमा प्रती आफ्नै दिदीबहिनी प्रती बोल्ने शु-अवशर प्रदान गरेकोमा अन्तरहृदयदेखी आभार
प्रकट गर्दछु,
र यो सञ्जाललाई मैले
भ्याउने अनि मेरो क्षमता अनुसार यदि केही छन भने अबस्य सहयोग गर्ने छु र नेपालका
सम्पुर्ण बुद्वीजिवी अनि सहयोगी महशयहरु लाइ पनि अनुरोध गर्दछुकी यो सञ्जाल चलाउन
समस्या हुन्छ,
त्यसैले आफ्नो सहयोगको
हात बढाएर आफ्नो परिचय दिनुहोस भन्ने आग्रह गर्दछु, धन्यबाद।