नेपालमा जातीभेद र छुवाछुटको अन्त्य हुने क्रम जारी रहे पनि तर नर र नारी बिच लैगिंकभेदको अन्त्य हुने कहिले ? बिध्यमान समस्यालाई कोत्यानु पर्दा हाम्रो नेपाली समाजले नारीलाई दोश्रो दार्जाको प्राणी र नागरीकको चस्माले हेरिनेगरिन्छ । जस्को फलस्वरुप आज सम्म जति पनि नारी आवाजहरु घरपालुवा कुकुर्नीको अनर्थ भुकाई साबित भएको छ । यदी घरपालुवा कुकुर्नीले भुकेको भुकाई अर्थको अनर्थ नभएमा आदिम काल देखी हाम्रो मुलक अघोगति तिर धकेलिनुको मुख्य कारण पनि लैगिंक असमान्तानै हो भनेर ठोकुवा दिन सकिन्छ ।
बिकसित मुलुकका नागरिकहरुले नर र नारीनै सिंगो राष्ट्रका बीउ र खेत हुन । भनेको सुनेको थिएं । सुन्ने बित्तिकै त मलाई कता कता अस्वभाबिक जस्तो लागेको थियो । तर बुझ्दै जांदा मेरो बुझाई सरासर गलत रहेछ । कति सरल भाषामा कस्तो गहकीलो भनाई अनि कत्रो फराकीलो सोचाई र बुझाई ! हुन पनि जहां मौसमलाई छोपेर खेतको उर्भरशक्ती अनुरुप उन्नत जातको उपयुक्त बीउ रोपिन्छ । त्यहां सोहि अनुरुप शभ्यताको फूल फुल्छ र उन्नितका फल फल्छ । तर हाम्रो नेपाली समाजमा त्यो हुन सकेको छैन ।
संधै नारीजातीलाई आईमाईकेट्केटीले सम्बोधन गर्न चाहाने पुरुषहरुको लागि खर्रो र तर्रो लाग्न सक्ला । तर जति फुर्ती र अहंम गरे पनि नारी भनेको बिशाल खेत हुन र पुरुष भनेको मात्रै त्यहि खेतमा रोपिने सानो बीउ हुन । खेतलाई बीउ नभए के भोर ? खेतको उपयोग र महिमा अपार छ । तर ढुंगामा उम्रीन नसक्ने र समयमै नरोपे कुहिएर पनि जाने बीउ बेक्कार छ ।
कुनै बेला भौतिक जीवन सती जाने प्रथा अन्त्य भएको भए पनि नारीको मानसिक जीवन जीउदै सती जाने प्रथाबाट भने अझै मुक्त हुन सकेका छैनन् र बिकराल समस्या यथावतै छ । दाईजो प्रथाको मार पनि नारीलाई, बोक्सीको आरोप पनि नारीलाई, रण्डी र ब्यस्याको लाल्छना पनि नारीलाई, अलिक्षिणी र ब्यबिचारणी दोष पनि नारीलाई अनि अल्छीको उपहाश पनि नारीलाई यति मात्रै हैन । कसैको छोरी चेली भनेर पनि सुख पाएको छैनन् । कसैको श्री मती र बुहारी बनेर पनि खुसी भएको छैनन् । कसैको जननी आमा बनेर पनि शान्ती पाएका छैनन् र कसैको हजुर आमा बनेर पनि धर पाएका छैनन् ।
समाजमा अलि फरक आवाज बोल्दा साथ फलनाकी छोरी र बुहारी उत्ताउली र नखरमौली, के के नै जान्ने टोपल्लियकी भन्ने गाली र गलौज सुन्नु र सहनु पर्छ । उधारण नै दिनु पर्दा केहि समय पहिले आधाआकास नारीले ५०% र ७५% हैन । मात्रै ३३% मात्रै हक र अधिकारको माग के राखेका थिए । बसि खानु भएन । सहि सक्नु भएन । सुनि सक्नु भएन । शर्वत्र र उश्रृखलरुपले हांसो र ठट्टामा उडाउने काम भईरहेको छ । यस्ता-यस्ती असभ्य समाजको बिकृतिहरु अन्त्य नभए सम्म ओसिलो ठाऊमा पहारिलो घाम लाग्ला भन्ने आशा नगरे हुन्छ ।
अन्तमा आधाआकाश ओगटेर रहेको अबका नारी समतामुलक वातावरणमा मौलीकहक हितका साथ बांच्नु पाउनु पर्छ । साथै नारी सुखी जीवन ज्योतीको दुई आंखा र सफल जीवन रुपी रथको दुई पांग्रा हुन । सबैमा चेतना भया !!!