Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
जापानमा एन आ एन पुरुष मात्रै हो की क्या हो ???
नारी सञ्जाल
 

यहि जुलाई १८ मा एन आर एन जापानको चौथौ अधिबेशनले रोशन के.शीको नेतृत्वलाई चईन गरेको छ । हाल सम्म उपाध्यक्ष पद सहमालीरहनु भएका रोशनको काँधमा निरबिरोधकै रुपमा अध्यक्ष पद थपिएको छ ।

रोशन के.सी गुल्मी घर भई हाल जापानमा ब्यबसाय गरिरहनु भएको छ । जापानमा रहेका अन्य संघसंस्थाहरुमा पनि आवद्ध रहदै आउनु भएका रोशनले हामी आफ्नो देश छोड्नु पो बाध्यता हो, आफ्नो देशलाई मायाँ नगर्नु र बिर्सनु बाध्यता हैन भनेर भन्छन । त्यसैगरि देश र जनताको हितका लागि हामीले राजनितीनै गर्न पर्छ भन्ने छैन भन्ने रोशन के.शीसंग नारी सञ्जाल बिच भएको कुराकानी

१. यहाँको कार्यकाल कति समयको हुने छ ?

त्यस्तै १३, १४ महिनाको हुने छ ।

२. यति छोटो समयमा के के सम्म गर्न सकुला जस्तो लाग्छ ?

आफ्नो कार्यकालमा बिगतमा अधुरा रहेका धेरै कामहरु सकेर नयाँ कामको जग थाप्न पाए हुन्थ्यो । सबै भन्दा पहिला सन २०११ लाई पर्यटन बर्षामा भब्यताका साथ मनाउने लक्ष लिएको छु । र त्यो बाहेक पनि खै हेरु.............

 यो अध्यक्ष पद यति सजिलै आफ्नो पोल्टामा आउनुको श्रेय कस्लाई थान्नु हुन्छ ?

आज सम्म समाजमा मैले गरेका कार्यकुशलतालाई मुल्याङकन गर्ने समस्त जापानवाशी नेपालीहरुलाई थानेको छु ।

यहाँको राजनैतिक धार कस्तो छ ?

खास म त सबै पार्टीसंग समान दुरीमा रहन रुचाउछु । मन पर्ने नपर्ने पक्ष सबै पार्टीमा अबश्य हुन्छ । तर एकले अर्कोलाई हिलो छयाप्ने, आपसमा दोषारोपन गर्ने र आफु-आफ़ुमा खुट्टा तानातान गर्ने दलहरुको घटिया पना हो की जस्तो लाग्छ ।

 यो समाज सेवा गर्छु भन्ने ब्यक्ती पारिवारीक सेवामा कम्जोर हुन्छनरे नी ?

त्यो कुरा केहि प्रतिशत सहि हो । परिवारले चाहे अनुरुप सबै समय दिन सहिदैन । जति पनि कुराहरु समजदारीमा भर पर्छ ।

जापानमा एन आ एन पुरुष मात्रै हो की क्या हो ??

हाल सम्म ६ जनाको कोटा खालि छ । त्यसमा नारीहरु समाबेस अबश्य गरिने छ ।

नारी सहभागीता त एक जना पनि थिएन नी ?

ओ.... हो ... सहि प्रश्न गर्नु भो, यो प्रश्नको निकाशका लागि हामी सबै गम्भिर हुनै पर्छ ।

सामाजीक काममा जस पाईदैन भन्छन नी ??

जहाँ पनि र जहिले पनि जस र अब्जस भईनै रहन्छ । हामीले जसको मात्रै आशा पनि गर्नु भएन नी !

अध्यक्ष पद पाएर खुसीको अनुभव गर्नु भयो की ?

हैन, अहिले मलाई खुसी भन्दा पनि जिम्मेवार थपिएको महसुस गरेको छु ।

यो बिदेशमा समाज सेवा गर्छु भन्ने मान्छे पाचिङको (जापानमा निकै खेलिने जुवातास अन्तरगतको खेल ) खेल्नु पर्दैन भन्छन नी ??

एक दमै सहि कुरा हो । संस्थाको कोषबाट चलाउने कुरो आएन सबै आफ्नै पकेटबाट संस्था हाँक्नु पर्छ । तर सेवानै धर्म थान्ने हो भने समाज सेवा जस्तो आत्मासन्तुष्ती अरुमा हुदैन जस्तो लाग्छ । 

 नेपाली नारीहरु ओझेल पर्नुको मुख्य कारण के हो ?

पहिलो पितृसतात्मक देश, देश्रो अशिक्षा हो ।

यहाँले आज सम्मको अनुभवमा हाम्रो समाजमा आधाआकाश नारीको भुमिकालाई कसरी हेरीरहनु भएको छ ?

मेरो ब्यक्तीगत हिसाबले भन्ने हो भने हाम्रो समाज मात्रै हैन नारी बिना सिंगो संसार नै चल्दैन ।

दिन प्रति दिन थपिंदै आएको नेपालीहरुको समस्याको समाधानमा एन आर एनको सहभागीता कम भयो भन्ने गुनासो छ नी ?

समग्रमा भन्ने हो भने सबैले संधै सबै तिर ध्यान पुराउन सकिदैन । प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै कामहरु भएका छन ।

जापानमा भएका अन्य संधसंस्थालाई एन आर एनले गरिने ब्यवहार भिन्न छ भन्ने सुनिन्छ नी ??

हैन सिंगो एन आर एनको बिधान र नियम अनुसार चल्दा त्यस्तो भान पर्न गएको होला । तर सबै संघसंस्थाहरुसंग समन्वयता नगाँसे सम्म एन आर एन सम्भव छैन ।

अन्तमा केहि छ की ??

यसरी आफ्नो कुरा ब्यक्त गर्ने मौका दिनु भो जस्को लागि म धेरै आभारी छु । संधै सफलताको कामना गर्द छु ।

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 1 )
टाढा रहेर पनि जापान एन आर एन ए को गतिबिधि बुझ्ने मौका दिनुभएको मा छक्कु उदासी र नारी संजाल लाइ मुरी मुरी धन्यवाद
- Bimal Gautam , Riyadh
थप शीर्षक
जापानमा एन आ एन पुरुष मात्रै हो की क्या हो ???
जे पाएका छौं त्यो प्रयाप्त भने हैन
आठ मार्चलाई सङ्घर्षकै रुपमा मनाउँदैछौं- जयपुरी घर्ती संयोजक, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)
२१ औं शताब्दीसम्म हाम्रो मुलुकले काँचुली फेर्न पुरुषको हातमा मात्र सम्भव छैन
एकतानै सर्वशक्तीमान बल हो
पुरुषको बिरोध गर्नु पर्छ भन्ने मानसिकता हटाउनु पर्छ ।
नारी श्रृष्टिका मुहान, ममताका श्रोत अर्थात मायाका खानी हुन
हाम्रो नेपाली समाजमा नारी चेतानको ज्यादै नै आवश्यकता छ ।
जहां अमृत जस्तो साग, सिस्नो र चिसो पानी, त्यहि जन्म्यो प्रतिभाको धनी
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।