Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
जापनाँ त गुन्द्रकको महत्व र मुल्य के सारो हो ???
गुन्द्रुके कान्छी
 

गत हप्ता बिदाको दिन नेपाली पसल तिर पसेको थिएं । पहिलो सुरुमै यो गुन्द्रुके कान्छीको आँखा नेपाली गुन्द्रक माथी पर्‍यो । गुन्द्रक देखेसी किनु-किनु लाग्यो । मेरो साथीले पनि गुन्द्रुक देखेर यो जापनाँ आएसी गुन्द्रकको महत्व र मुल्य के सारो बढेको हो ? छोई सक्नु छैन भन्या ! भन्दै गनगन गर्दै थिई । त्यतिनै बेला साथीले यो त गुन्द्रकको नाम मात्रै हो । हुनु पर्ने गुन्द्रुकको स्वाद र गन्धनै छैन नकिन भन्दै थियो । त्यति भन्दा भन्दै पनि गुन्दु्रकको झोल खान मन लागेर किने की, नभन्दै त्यस्तै रहेछ । त्यो पनि नेपालको भने पछि चिज लाग्ने, अन्यासै मन हुरुक्कै भै हाल्ने । तर मान्छेको रौं लगाएत खै के-केका रौं समेत गुजल्टीएको गुन्दु्रक बिक्री गरेर जापनाँ नेपाली साहु-साहुनी बन्नेहरु देखी पनि दिक्क लाग्यो ।

त्यो बाल्यकालमा आमाले गुन्द्रकुको झोल पकाएको दिन अनसन बसेको थिएं । त्यसैले आज भोली गुन्द्रुक देख्दा तितो अतित आलो बन्ने गर्छ । बिचरा ! आमा पुग्थ्यो भने त आफ्ना मुटुका टुक्राहरुलाई संधै आफ्नै छाती चुसाएर मातृत्व पोख्थिन होला । त्यहि नपुग्ने भएरनै गुन्द्रुकको झोल पकाउन बाध्य हुन्थिन होला । तर त्यो आमाको मर्म यो गुन्द्रुके छोरीलाई के थाहा ?

त्यो नेपालाँ गुन्द्रुक किन्नै पर्दै, यो जापनाँ नकिनी पाईदैन । हरे...... भगवान .....कस्तो महंगो देशाँ आईएछ --- ऊ...फ.....भनेर साथीले भनेको कुरालाई एक्लै मनन् गर्दै, मैले पनि हिसाब गर्न थालें । जापानमै पनि ५० ग्राम गुन्द्रुक किन्ने जापानी येनले दुइ छाक मज्जले पुग्ने चिकेन किन्न सकिने रहेछ भन्ने ज्ञान हाशिल गरें । बांकी पछी ........

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
मर्न भन्दा बौलाउन निको
मोतीको आशामा बिचारै नगरी महासागरमा हाम फ़ाल्दा
जापनाँ त गुन्द्रकको महत्व र मुल्य के सारो हो ???
न आफ्नो मन ज्ञानले जान्ने, न अरुले भनेको मान्ने
जापानमा सफ़ट बैक मोबाईलको लोकप्रियता र उपयोगिता
जीन्दगीको मोडमा चाउरी साँईलीसंगको भेट
आचि गर्नेलाई भन्दा देख्नेलाई लाज
जापानको नेपाली दुताबासमा अल्कत्रेहरुको जमात
गरिब देशको बजेतले धनि देशमा रजाई
बिचरा ! आँपे कान्छालाई पिरेम बियोग परेकोरहेछ
हेर........आँपे कान्छाको ताल
बुढेसकालमा म्यारिज भिसाको भुतसवार चढेछ ।
फ़ुके माईलोसंग जम्का भेट
पहिलो गाँसमै ढुंगा
भाषा नबुझदा अन्धी, बैरी र लाटी हुनु पर्ने
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।