गत हप्ता बिदाको दिन नेपाली पसल तिर पसेको थिएं । पहिलो सुरुमै यो गुन्द्रुके कान्छीको आँखा नेपाली गुन्द्रक माथी पर्यो । गुन्द्रक देखेसी किनु-किनु लाग्यो । मेरो साथीले पनि गुन्द्रुक देखेर यो जापनाँ आएसी गुन्द्रकको महत्व र मुल्य के सारो बढेको हो ? छोई सक्नु छैन भन्या ! भन्दै गनगन गर्दै थिई । त्यतिनै बेला साथीले यो त गुन्द्रकको नाम मात्रै हो । हुनु पर्ने गुन्द्रुकको स्वाद र गन्धनै छैन नकिन भन्दै थियो । त्यति भन्दा भन्दै पनि गुन्दु्रकको झोल खान मन लागेर किने की, नभन्दै त्यस्तै रहेछ । त्यो पनि नेपालको भने पछि चिज लाग्ने, अन्यासै मन हुरुक्कै भै हाल्ने । तर मान्छेको रौं लगाएत खै के-केका रौं समेत गुजल्टीएको गुन्दु्रक बिक्री गरेर जापनाँ नेपाली साहु-साहुनी बन्नेहरु देखी पनि दिक्क लाग्यो ।
त्यो बाल्यकालमा आमाले गुन्द्रकुको झोल पकाएको दिन अनसन बसेको थिएं । त्यसैले आज भोली गुन्द्रुक देख्दा तितो अतित आलो बन्ने गर्छ । बिचरा ! आमा पुग्थ्यो भने त आफ्ना मुटुका टुक्राहरुलाई संधै आफ्नै छाती चुसाएर मातृत्व पोख्थिन होला । त्यहि नपुग्ने भएरनै गुन्द्रुकको झोल पकाउन बाध्य हुन्थिन होला । तर त्यो आमाको मर्म यो गुन्द्रुके छोरीलाई के थाहा ?
त्यो नेपालाँ गुन्द्रुक किन्नै पर्दै, यो जापनाँ नकिनी पाईदैन । हरे...... भगवान .....कस्तो महंगो देशाँ आईएछ --- ऊ...फ.....भनेर साथीले भनेको कुरालाई एक्लै मनन् गर्दै, मैले पनि हिसाब गर्न थालें । जापानमै पनि ५० ग्राम गुन्द्रुक किन्ने जापानी येनले दुइ छाक मज्जले पुग्ने चिकेन किन्न सकिने रहेछ भन्ने ज्ञान हाशिल गरें । बांकी पछी ........