मोना (म्याग्दी ओभरसिज एसोसिएसन्) युकेले एक विज्ञप्ती प्रकाशित गरि श्रेष्ठको असामहिक निधन प्रति शोक स्तब्ध भएको जनाएको छ । साथै दिबंगत् आत्माको चिर शान्तीको कामना गर्दै,मृतकको परिवार तथा साथीभाइहरु प्रति धैर्य गर्ने क्षमता प्रदान गरुन भनी भगवानसँग प्रथाना गर्दै हार्दिक समबेदना ब्यक्त गरेको छ ।
मोनाले स्वर्गिय सन्तोष सिकिस्त बिरामी भई अस्पातलमा भर्ना भएको खबर पाउने बित्तिकै मोनाको कार्य समितिको यही २० जुन २०१० का दिन आकाशमित बैठक WHITE SWAN PUB ALDERSHOT मा बसेको र उक्त बैठकले श्रेष्ठको उपचारको क्रममा जुन सुकै समस्यालाई मोनाबाट समाधान गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार आर्थिक रकम संकलन गर्न संस्थाका सचिब योग कुमार फगामीको संयोजकत्वमा एउटा समिति गठन गरेको जानकारी गराएको थियो । श्रेष्ठ मोना यूकेका सक्रिय सदस्य थिए ।
स्वर्गिय सन्तोष श्रेष्ठको नजिकको आफन्त कोही पनि बेलायतमा नभएको कारणले उनको अन्त्यस्ठिमा लाग्ने सम्पूर्ण खर्च अथवा पार्थिब शरीरलाई नेपाल पुर्याउँदा गरिने सबै काम मोनाको काँधमा आएकोले यसका लागि आर्थिक सहयोगको आवश्यक पर्ने हुँदा यसै समबेदना मार्फत सम्पूर्ण म्याग्दीबासीहरुलाई चन्दा स्वरुप आर्थिक संकलन गरी ठुलो गुण गरिदिनुहुन मोना युकेले अनुरोध गरेको छ ।



