Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
कलाकार मनोरञ्जनको साधन मात्रै हैनन्
नारी सञ्जाल
 

मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन ।  नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरु प्रहारगरी कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण  रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन ।
 
प्रतिभाकी धनी मन्जु कलाकारीता क्षेत्र आफ़्नो मज्बुरी मात्रै हैन, राष्ट्रको जिम्मेवारी मुख्य हो भन्छीन ।   हामी जुन धरातलबाट जन्मेर हुर्कियौं त्यो धरातल कसैले बिर्सनु हुदैन भन्ने गर्छन । हामी कलाकार होस या जो कोहि आफ़ु चर्चामा आउने मात्रै ठूलो कुरो हैन, सन्तुलनमा रहन सक्नु पर्छ पनि भनिरह्न्छन । मन्जुले पहिलो गुनासो गर्नु पर्दा हामी कलाकार राष्ट्रपिडीत हौं भनेर भन्न रुचाउँछिन । शुभचिन्तकको हौसला, मायाँ र सदभावले मात्रै मख्ख हुनु पर्ने बिडम्बना आफ़ुलागाएत आमकलाकार जगतको यथार्थता पोख्छिन । टोकियो स्थित सिनओकुबोमा हालसालै खुलेको भञ्जाङ दोहोरी घरको निमन्त्रणामा जापान आएकी मञ्जु  पौड्यल र नारी सञ्जाल बिच भएको भलाकुसारी
 
हामी कलाकार मनोरञ्जनको साधन मात्रै हैनौं  बनाईको अर्थ ? 
 हो, हामी कलाकार मनोरञ्जनको साधन मात्रै हैनौं, हामी राष्ट्रको गहना हौ अनि सूचना र सन्देस बाहक पनि हौ ।  हाम्रो समाजले बिषेश गरी हामी नारी कलाकारहरुलाई हेरिने चस्मा अलि फ़रक रहेको महसुस गरेकी छु । जस्ले गर्दा धेरै तिता अनुभबहरु खेप्नु परेको छ ।   
 
दुई महिनाको जापान बसाई कस्तो रह्यो ?

मैले सोचेको भन्दा धेरै जापानमा बस्ने नेपालीहरुको आपार मायाँ पाएं । समग्रमा भन्नु पर्दा मेरो लागि अबिस्मरणियनै भयो । जापानको घुम्न पर्ने स्थानहरुमा घुमियो । अरु भन्दा पनि जापान आएर म कुनै बिरानो होटेलमा बस्नु परेन । आफ़नै परिवार समेत बिर्सने गरी नेपाली माया र मौलिकतामा बस्न पाएं जुन पल म कहिलै बिर्सन्न ।    
 
मन्जुको परिभाषामा दोहोरी के हो ?

लोकलहरी भाकामा शब्दै शब्दको द्वन्दात्मक खेलनै दोहोरी हो जस्तो लाग्छ । अनि सुन्ने र गाउने  बिचको एउटा नशा पनि हो ।  
आफ़्नो भाबि उद्देश्य कस्तो रहोस भन्ने चाहानु हुन्छ ? 

हुन त म यो कलाकारीतामै निर्भर त पर्दिन तर आफ़्नो कला संगसंगै एउटी सफ़ल संचालीका बन्न चाहान्छु ।
 
नेपाली समाजका नारीहरुको अबस्था  कस्तो छ ? 

२१ औ सताब्दीमा पनि नेपाली नारीको अबस्था अझै बिकराल छ ।
 
आफ़ु कालाकारिताको हैसियतले आधाआकास नारीलाई कस्तो सन्देस दिन चाहानु हुन्छ ?? 

सबै भन्दा पहिला त नारी आफ़ुले आफ़ैलाई कहिलै कम्जोर थान्नु हुदैन । आफ़्नै लागि मात्रै भए पनि कडा निर्णय गर्न सक्ने शक्तिको बिकास गर्न जरुरी छ । अब पनि श्रीमानको बचन काटे जहाजै डुब्ने हो कि झै गरी बस्ने समय हैन । आफ़ैले पनि केहि त गर्नै पर्छ, नत्र त्यसै हेलाह भईन्छ ।
 
नेपाली परिबेशमा एउटी नारीले कलाकार बन्नु सजिलो छैन भन्ने के सत्य हो ? 

एक दमै सत्य हो । मेरै जीवनमा पनि भन्न मिल्ने र नमिल्ने उधारणहरु धेरै छन ।
 
अब बन्ने
 नयाँ संबिधान नारीको लागि कस्तो बनोस भन्ने आशा गर्नु भएको छ ? 
गर्न त मैले आशा धरै गरेको छु ।  खासगरि नारी हक र हित तर्फ़ ध्यान जावस । अबको ऎतिहासिक नयाँ संबिधान भने लिखित रुपमा मात्रै सिमित नहोस तड्काल कार्यन्वयन गर्ने वातावरण बनोस । जुन बन्ने संबिधानले हाम्रो नेपाल नर र नारी बिचमा समान र सभ्यताको फ़ुल्बारी बनोस ।  अनि मात्र देशले काजुली फ़ेर्छ जस्तो लाग्छ ।

 
समाजमा नारीको उत्तरदायित्व के हो ?

नारी  जननी  हो । यो सामान्य पद हैन । तर हाम्रो समाजले आमनारीहरुको  दायित्वबोधलाई सहि मुल्याङकन र कदर गर्न रुचाउदैन । हामी नारीलाई सामाजिक अबशरहरुबाट बन्चित गराईन्छ । बच्चा जन्माउने, श्रीमानको सेवा गर्नका लागि मात्रै नारी जन्मेका हैनन् तर त्यसरीनै लाडिएको छ ।  
  
आफ़ुलाई नारी भएर जन्मनुमा कत्तिको गर्व गर्नु हुन्छ । 

 
समाजले जति हेला गरे पनि म आफ़ुलाई गर्ब गर्छु र यदी अर्को जन्म पनि हुने रहेछ भने नारीनै भएर जन्मिन्छु । किन कि अबशर मात्रै पाउने हो भने हामी पुरूषसरह जे गर्न पनि सक्छौ ।  

 
अन्य मुलुकलाई छोडेर नेपाली संस्कारका नारी ओझेल पर्नुको मुख्य कारण के हो ?

हाम्रो समाजिक संरचनाले हो ।

अबका पुरुषहरु कस्तो भईदिउन भन्ने लाग्छ ??
 भन्न त भन्छन नारी र पुरुष एक रथका दुई पांग्रा हुन भनेर  तर त्यो अवशर अझै महसुस हुन सकेको छैन । जुन अर्थमा अबका पुरुष लैंगिक असमानता प्रति गम्भिर भैदिउन भन्ने लाग्छ । यदि त्यो पनि हुन सकिदैन भने, मात्रै घरकी एउटी श्रीमतीलाई खुसीसंग राख्ने भई दिउन भन्ने लाग्छ । 
 
मन्जुको भोगाईमा मायाँ के हो ? 

मायाँ बिना मान्छे पानी बिनाको माछी झै हुन्छ । जस अर्थमा पनि  मायाँलाई राम्रो हिसाबले भन्ने हो भने मायाँ जीवन जिउने आधार हो । त्यस्तै मायाँलाई अर्को सैलिमा हेर्नु पर्दा जीवननै टहस नहस गर्ने भुमरी पनि हो ।
 
मन्जुको बुझाईमा बिवाह के हो ? 


बन्धन हो र हौसला पनि हो । 
नारी को हुन र के हुन ??
 
आदर गरे जननी हुन, पुजे देबी हुन तर परेको ख्नन्डमा नारी महाकाली पनि हुन ।
 
पुरूषहरुको मन नपर्ने बानी के हो ?


आफ़ु तल पर्न नचाहाने बानी मन पर्दैन ।
 
अन्तमा नारी सञ्जाललाई के भन्न चाहानु हुन्छ ?? 
सबै भन्दा पहिले त यहाँले चाल्नु भएको कदमलाई सलाम गर्छु । बिदेशमा आएर पनि नेपाली नारीको आवाज मुख "नारी सञ्जाल" भिजीट गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । यसरी बिदेशमा रहेर पनि आफ़्नो देश प्रति चिन्तनशिल हुनु भनेको गर्बको कुरो हो । यि नारी आवाजका उल्लेखिनिय कार्य स्वदेशबाटै गर्न पाए अझ प्रभावकारी हुन्थ्यो होला । तर बिदेशमै रहेर पनि जुन कामको थलानी भएको छ, त्यो नै समय सान्दर्बीक र सहरानीय छ । मैले भनेर हुने भए यहाँहरु जस्तो ब्यक्ति नेपाल आमालाई आबस्यकता छ  ।  त्यो दुखिरहने नेपाल आमाको घाऊमा यस्ता कलमहरु अबश्य अचुक मलम हुने छ । अन्तमा म आफ़ु पनि नेपाल आमाको चेलीको हैसियतले मैले सक्ने सहयोग गर्ने बचन दिदै "नारी सञ्जाल" लगाएत संचालक पक्षलाई संधै-संधै सफ़लताको कामना गर्दछु ।  
 
 
 
 

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 1 )
Good effort, keep it up
- Rajendra Parajuli , Japan Tokyo
थप शीर्षक
कलाकार मनोरञ्जनको साधन मात्रै हैनन्
सबै क्षेत्रमा महिलालाई आधा अधिकार चाहिन्छ (पद्मिनी प्राधानांग, अध्यक्ष सशक्ति नेपाल )
शुभचिन्तकको अन्तरभावाना
अनुरोध !
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।