मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरु प्रहारगरी कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन ।
प्रतिभाकी धनी मन्जु कलाकारीता क्षेत्र आफ़्नो मज्बुरी मात्रै हैन, राष्ट्रको जिम्मेवारी मुख्य हो भन्छीन । हामी जुन धरातलबाट जन्मेर हुर्कियौं त्यो धरातल कसैले बिर्सनु हुदैन भन्ने गर्छन । हामी कलाकार होस या जो कोहि आफ़ु चर्चामा आउने मात्रै ठूलो कुरो हैन, सन्तुलनमा रहन सक्नु पर्छ पनि भनिरह्न्छन । मन्जुले पहिलो गुनासो गर्नु पर्दा हामी कलाकार राष्ट्रपिडीत हौं भनेर भन्न रुचाउँछिन । शुभचिन्तकको हौसला, मायाँ र सदभावले मात्रै मख्ख हुनु पर्ने बिडम्बना आफ़ुलागाएत आमकलाकार जगतको यथार्थता पोख्छिन । टोकियो स्थित सिनओकुबोमा हालसालै खुलेको भञ्जाङ दोहोरी घरको निमन्त्रणामा जापान आएकी मञ्जु पौड्यल र नारी सञ्जाल बिच भएको भलाकुसारी
हामी कलाकार मनोरञ्जनको साधन मात्रै हैनौं बनाईको अर्थ ?
हो, हामी कलाकार मनोरञ्जनको साधन मात्रै हैनौं, हामी राष्ट्रको गहना हौ अनि सूचना र सन्देस बाहक पनि हौ । हाम्रो समाजले बिषेश गरी हामी नारी कलाकारहरुलाई हेरिने चस्मा अलि फ़रक रहेको महसुस गरेकी छु । जस्ले गर्दा धेरै तिता अनुभबहरु खेप्नु परेको छ ।
दुई महिनाको जापान बसाई कस्तो रह्यो ?
मैले सोचेको भन्दा धेरै जापानमा बस्ने नेपालीहरुको आपार मायाँ पाएं । समग्रमा भन्नु पर्दा मेरो लागि अबिस्मरणियनै भयो । जापानको घुम्न पर्ने स्थानहरुमा घुमियो । अरु भन्दा पनि जापान आएर म कुनै बिरानो होटेलमा बस्नु परेन । आफ़नै परिवार समेत बिर्सने गरी नेपाली माया र मौलिकतामा बस्न पाएं जुन पल म कहिलै बिर्सन्न ।
मन्जुको परिभाषामा दोहोरी के हो ?
लोकलहरी भाकामा शब्दै शब्दको द्वन्दात्मक खेलनै दोहोरी हो जस्तो लाग्छ । अनि सुन्ने र गाउने बिचको एउटा नशा पनि हो ।
आफ़्नो भाबि उद्देश्य कस्तो रहोस भन्ने चाहानु हुन्छ ?
हुन त म यो कलाकारीतामै निर्भर त पर्दिन तर आफ़्नो कला संगसंगै एउटी सफ़ल संचालीका बन्न चाहान्छु ।
नेपाली समाजका नारीहरुको अबस्था कस्तो छ ?
२१ औ सताब्दीमा पनि नेपाली नारीको अबस्था अझै बिकराल छ ।
आफ़ु कालाकारिताको हैसियतले आधाआकास नारीलाई कस्तो सन्देस दिन चाहानु हुन्छ ??
सबै भन्दा पहिला त नारी आफ़ुले आफ़ैलाई कहिलै कम्जोर थान्नु हुदैन । आफ़्नै लागि मात्रै भए पनि कडा निर्णय गर्न सक्ने शक्तिको बिकास गर्न जरुरी छ । अब पनि श्रीमानको बचन काटे जहाजै डुब्ने हो कि झै गरी बस्ने समय हैन । आफ़ैले पनि केहि त गर्नै पर्छ, नत्र त्यसै हेलाह भईन्छ ।
नेपाली परिबेशमा एउटी नारीले कलाकार बन्नु सजिलो छैन भन्ने के सत्य हो ?
एक दमै सत्य हो । मेरै जीवनमा पनि भन्न मिल्ने र नमिल्ने उधारणहरु धेरै छन ।
अब बन्ने नयाँ संबिधान नारीको लागि कस्तो बनोस भन्ने आशा गर्नु भएको छ ?
गर्न त मैले आशा धरै गरेको छु । खासगरि नारी हक र हित तर्फ़ ध्यान जावस । अबको ऎतिहासिक नयाँ संबिधान भने लिखित रुपमा मात्रै सिमित नहोस तड्काल कार्यन्वयन गर्ने वातावरण बनोस । जुन बन्ने संबिधानले हाम्रो नेपाल नर र नारी बिचमा समान र सभ्यताको फ़ुल्बारी बनोस । अनि मात्र देशले काजुली फ़ेर्छ जस्तो लाग्छ ।
समाजमा नारीको उत्तरदायित्व के हो ?
नारी जननी हो । यो सामान्य पद हैन । तर हाम्रो समाजले आमनारीहरुको दायित्वबोधलाई सहि मुल्याङकन र कदर गर्न रुचाउदैन । हामी नारीलाई सामाजिक अबशरहरुबाट बन्चित गराईन्छ । बच्चा जन्माउने, श्रीमानको सेवा गर्नका लागि मात्रै नारी जन्मेका हैनन् तर त्यसरीनै लाडिएको छ ।
आफ़ुलाई नारी भएर जन्मनुमा कत्तिको गर्व गर्नु हुन्छ ।
समाजले जति हेला गरे पनि म आफ़ुलाई गर्ब गर्छु र यदी अर्को जन्म पनि हुने रहेछ भने नारीनै भएर जन्मिन्छु । किन कि अबशर मात्रै पाउने हो भने हामी पुरूषसरह जे गर्न पनि सक्छौ ।
अन्य मुलुकलाई छोडेर नेपाली संस्कारका नारी ओझेल पर्नुको मुख्य कारण के हो ?
हाम्रो समाजिक संरचनाले हो ।
अबका पुरुषहरु कस्तो भईदिउन भन्ने लाग्छ ??
भन्न त भन्छन नारी र पुरुष एक रथका दुई पांग्रा हुन भनेर तर त्यो अवशर अझै महसुस हुन सकेको छैन । जुन अर्थमा अबका पुरुष लैंगिक असमानता प्रति गम्भिर भैदिउन भन्ने लाग्छ । यदि त्यो पनि हुन सकिदैन भने, मात्रै घरकी एउटी श्रीमतीलाई खुसीसंग राख्ने भई दिउन भन्ने लाग्छ ।
मन्जुको भोगाईमा मायाँ के हो ?
मायाँ बिना मान्छे पानी बिनाको माछी झै हुन्छ । जस अर्थमा पनि मायाँलाई राम्रो हिसाबले भन्ने हो भने मायाँ जीवन जिउने आधार हो । त्यस्तै मायाँलाई अर्को सैलिमा हेर्नु पर्दा जीवननै टहस नहस गर्ने भुमरी पनि हो ।
मन्जुको बुझाईमा बिवाह के हो ?
बन्धन हो र हौसला पनि हो ।
नारी को हुन र के हुन ??
आदर गरे जननी हुन, पुजे देबी हुन तर परेको ख्नन्डमा नारी महाकाली पनि हुन ।
पुरूषहरुको मन नपर्ने बानी के हो ?
आफ़ु तल पर्न नचाहाने बानी मन पर्दैन ।
अन्तमा नारी सञ्जाललाई के भन्न चाहानु हुन्छ ??
सबै भन्दा पहिले त यहाँले चाल्नु भएको कदमलाई सलाम गर्छु । बिदेशमा आएर पनि नेपाली नारीको आवाज मुख "नारी सञ्जाल" भिजीट गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । यसरी बिदेशमा रहेर पनि आफ़्नो देश प्रति चिन्तनशिल हुनु भनेको गर्बको कुरो हो । यि नारी आवाजका उल्लेखिनिय कार्य स्वदेशबाटै गर्न पाए अझ प्रभावकारी हुन्थ्यो होला । तर बिदेशमै रहेर पनि जुन कामको थलानी भएको छ, त्यो नै समय सान्दर्बीक र सहरानीय छ । मैले भनेर हुने भए यहाँहरु जस्तो ब्यक्ति नेपाल आमालाई आबस्यकता छ । त्यो दुखिरहने नेपाल आमाको घाऊमा यस्ता कलमहरु अबश्य अचुक मलम हुने छ । अन्तमा म आफ़ु पनि नेपाल आमाको चेलीको हैसियतले मैले सक्ने सहयोग गर्ने बचन दिदै "नारी सञ्जाल" लगाएत संचालक पक्षलाई संधै-संधै सफ़लताको कामना गर्दछु ।