Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
नेपाली आकासका प्रथम नारीहरु
नारी सञ्जाल
 
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार  नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-   

१- पासाङ ल्हामु शेर्पा- पहिलो सगरमाथा आरोही
२- राजेन्द्र लक्ष्मी देबी शाह- श्री ५ को नायवी शासक
३- नायक देबी- प्रथम राजगद्दी उत्तराधिकारी
४- द्वारिका द्बी ठकुरानी- पहिलो मन्त्री
५- पारीजात - मदन पुरुष्कार पाउने
६- बिनु लोहनी - त्री. बि. बि. बाट पि एच डी गर्ने
७- सहाना प्रधान- कुमारी कामाक्षी, सम्पादिका
८- बिन्देस्वरी शाह- राजदुत
९- शुभद्रा दाहाल- नेपाली भाषामा पि. एच. डी. गर्ने,
१०- वानीरा गिरी - नेपाली शाहित्यमा पि. एच. डी. गर्ने,
११- मेलवा देबी- सर्बप्रथम गीत रेकर्ड गर्ने ।
१२- रक्षा राणा- बिमान चालक
१३- त्रीपुरा सुन्दरी देबी- ग्रन्थकार ।
१४- निमी शेर्पा- हिमाल चढ्ने ।
१५- उषा तिवारी- महिला फोटो पत्रकार
१६- लुना भट्ट- एस. एल. सी बोर्ड. फस्ट ल्याउने ।
१७- लिलादेबी के. सी- शिक्षा शास्त्रमा पि. एच. डी. गर्ने ।
१८- भुवन चन्द- नेपाली नायिका ।
१९- शान्ती मल्ल- इन्जीनियर ।
२०- शैलजा आचार्य- महिला उपप्रधानमन्त्री ।
२१- मन्छुरा देबी- सवारी चालक ।
२२- सरस्वती राई- राजसभा सदस्य ।
२३- लिला श्रेस्ठ (सुब्बा) - उपसभामुख ।
२४- शुसिला सिंह- बरिष्ठ अधिबक्ता ।
२५- प्रभा राज्य लक्ष्मीदेबी- पहिलो एस. एल. सी पास गर्ने (२००२) ।
२६- शारदा श्रेष्ठ- महिला न्यायधीश ।
२७- योगमाया कोईराला- महिला संघकी अध्यक्ष ।
२८- प्रमिला गिरी- चित्रकार ।
२९- निलमदेबी- महिला इन्सपेक्टर ।
३०- सुमित्रा दङ्गाल- रेल र टेम्पो चालक ।
३१- सबिता राजभण्डारी-  एशियाली खेलमा रजत पदक पाउने ।
३२- सुन्दरी श्रेष्ठ- प्यारासुटबाट हाम फाल्ने नारी ।
३३- ज्ञानी शाह-  नेपाली सेनामा भर्ती हुने नारी ।
३४- रुबी राणा- प्रथम नेपाल सुन्दरी ।

 
तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
नेपाली आकासका प्रथम नारीहरु
´मलाई जनताको आशीर्वाद छ'
नारी सञ्जाललाई प्रतिक्रिया यहाँ
क्षमाप्राथी !
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।