Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
पहिलो नयाँ बर्ष मनाउँदै छे
छक्कु उदासी
 

उचित पालन पोषणको अभाबमै नारी सञ्जालले यो पहिलो नयाँ मनाउँदै छे । नारी सञ्जाललाई जन्म दिने संबन्धमा करिब पाँच बर्षसम्म  पाँच सय पटक सोच्नु परेको थियो । त्यसरीनै पाँच गुना जन्म दिन मुस्किल भएको थियो भने त्यतिनै गुना हुर्काउँन धौ धौ भएको छ ।

जन्म नदिनु थियो, जब जन्म दिए पछि जसरी तसरी हुर्काउँन त पर्छ नै । एउटी अबिभाबकको हैसियतले भन्नु पर्दा महिना र दिनले त एक बर्षपुगेको छैन । तर केहि महिनाको अन्तरालमा मिठा भन्दा तिता अनुभबहरु धेरै बटुलिसकेकी छु । तै पनि नारी भएर जन्मनुको अभिशाब हैन, यो धर्तीमा नारी भएर जन्मलिनुको सार्थकता खोज्दै छु । जस अर्थमा मिठा अनुभबले पुल्पुलिनु भन्दा तिता अनुभबबाटै हुर्किनु पर्छ भन्ने महसुस गर्नुका साथै उपलब्धि मुलक हुने थहर पनि गरेकी छु ।

सोचे जस्तो र उद्देश्य अनुरुप हुन सकेको छैन । तर यो अलाईन दिन दिनै नयाँ-नयाँ खुराक पस्कने र जल्दाबल्दा समचार मुखी भने हैन । खरानी भन्दा जोगी धेरै भएको कारण सबै अनलाईन पत्रिकाहरु एक आपसमा कपि पेष्ट गरेर चलिरहेको अबस्था भने छिप्न सकेको छैन । त्यति मात्रै हैन अरुको श्रोत आफुले कपि पेष्ट गर्ने तर आफ्नो श्रोत अरुले कपि पेष्ट गर्न नमिल्ने जस्ता अनलाइनहरु पनि छन । त्यहि वातवरणमा जन्मेको एउटी नारीको एक्लो जोस र बृहत सोचले निकास पाउँन सकेको छैन ।

यसै त एक्लैले गर्न सकिने कुरो नै हैन, त्यो माथि पनि यो बिदेशको बसाई, शारिरिक थकाई र पारिवारिक तनावबाट मुक्ती नपाईरहेको अस्थामा एक्लैले नयाँ-नयाँ श्रोतको जुटाउँन पनि फलामको चिउरा झै भएको छ । तै पनि जसरी तसरी अगाडी बढ्नु भन्दा अर्को बिकल्प देख्दीन । अन्तमा यो नेपाली नयाँ बर्ष २०६७ को उपलक्षमा हार्दिक मंगलमय शुभकामना !!!

 

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 1 )
प्रगतिको कामना छ । यहाँको जन्म दिनको लागी ।
- चकेन्द्र राइ , nepal
थप शीर्षक
नारी सञ्जाल एक बर्ष ! ! !
पहिलो नयाँ बर्ष मनाउँदै छे
महिला सुरक्षा (संक्षिप्त परिचय )
वास्तबमै नारी र पुरुष एक शिक्काका दुई पाटा हुन्।
पोहोर मर्‍यो सासु, बल्ल अहिले आयो आँसु
अब पनि दमन र शोषण नारीले नारीलाई गरिनु हुदैन
अन्धो समाजका उज्याला ज्वलन्त उधाहरणहरु
सबै खुसी हुनुनै सुखी परिवार हो
आफ़्नै कुरा
ने पत्रपत्रिकाको मात्र संपरीक्षण मूल्यांकन
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।